अभिनेत्री उषा पौडेलले अमेरिकामा गरिन् विवाह
सोमबार, २९ वैशाख २०८२, ०८ : ०५

काठमाडौँ । लामो समयदेखि अमेरिका बस्दै आएकी अभिनेत्री उषा पौडेलले विवाह गरेकी छन्। उनले राहुल केसीसँग आइतबार विवाह गरेकी हुन् ।
उनले गत वैशाख १५ मा राहुल केसीसँग कोर्ट म्यारिज गरेकी थिइन् । अहिले नेपाली परम्परा अनुसार लगनगाँठो कसेकी हुन् ।
उनको विवाहमा अमेरिका बस्ने कलाकर्मी सहभागी थिए । उषा पछिल्लो समय अमेरिका बस्दै आएकी छन् ।
उषाजस्तै राहुल पनि अमेरिका नै बस्दै आएका छन् । उनी नेपाली सिने क्षेत्रका एक समयका कलाकार तथा मोडल हुन्।
कुनै समय नेपाली फिल्म क्षेत्रको चर्चित कम्पनी ‘कालीगण्डकी सिनेम्याक्स’का सञ्चालक समेत रहेका राहुलले किसान र नागरिक फिल्म सहित दर्जन जति म्युजिक भिडियोहरूमा काम गरिसकेका छन् । उषा पनि एक समय फिल्म तथा टेलिफिल्ममा चलेकी अभिनेत्री हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटना: ३२ जनालाई धरौटीमा रिहा गर्न आदेश (सूची सहित)
-
अनेरास्ववियु अपडेटः खुला उपाध्यक्षमा श्रेष्ठ र महासचिवमा धामी विजयी
-
अनेरास्ववियुको अध्यक्षमा कडरिया निर्वाचित
-
तीनकुने घटना: राज्य विरुद्धको कसुरमा संलग्न थप ६ जनालाई थुनामा राख्न आदेश
-
अनेरास्ववियुमा कडा टक्करः तीन सय मत गन्न बाँकी हुँदा कडरिया फेरि अगाडि
-
तीनकुने घटना : दुर्गा प्रसाईँलाई थुनामा पठाउन आदेश