अभिनेत्री उषा पौडेलले अमेरिकामा गरिन् विवाह
सोमबार, २९ वैशाख २०८२, ०८ : ०५
काठमाडौँ । लामो समयदेखि अमेरिका बस्दै आएकी अभिनेत्री उषा पौडेलले विवाह गरेकी छन्। उनले राहुल केसीसँग आइतबार विवाह गरेकी हुन् ।
उनले गत वैशाख १५ मा राहुल केसीसँग कोर्ट म्यारिज गरेकी थिइन् । अहिले नेपाली परम्परा अनुसार लगनगाँठो कसेकी हुन् ।
उनको विवाहमा अमेरिका बस्ने कलाकर्मी सहभागी थिए । उषा पछिल्लो समय अमेरिका बस्दै आएकी छन् ।
उषाजस्तै राहुल पनि अमेरिका नै बस्दै आएका छन् । उनी नेपाली सिने क्षेत्रका एक समयका कलाकार तथा मोडल हुन्।
कुनै समय नेपाली फिल्म क्षेत्रको चर्चित कम्पनी ‘कालीगण्डकी सिनेम्याक्स’का सञ्चालक समेत रहेका राहुलले किसान र नागरिक फिल्म सहित दर्जन जति म्युजिक भिडियोहरूमा काम गरिसकेका छन् । उषा पनि एक समय फिल्म तथा टेलिफिल्ममा चलेकी अभिनेत्री हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित गरे
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण