सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी
काठमाडौँ । फिल्म ‘के घर के डेरा : घर नं २’ सहरको मौलिक कथा भएको फिल्मका कलाकारले बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा फिल्मका निर्देशक दीपेन्द्र के खनाल, अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री केकी अधिकारीले फिल्मको कथाले घर हुने र नहुने दुवैलाई आफ्नो कथा लाग्ने दाबी गरे ।
गाउँका कथा मात्रै मौलिक कथा नभएर सहरका कथा पनि मौलिक हुने अभिनेता खगेन्द्र लामिछानेले बताए । ‘नेपाली कथा सबै मौलिक हुन्, चाहे त्यो गाउँको कथा होस् वा सहरको’ लामिछानेले भने, ‘गाउँका कथा मात्र मौलिक भन्ने गलत भाष्य छ । यो तोडिनुपर्छ ।’ उनी सहरमा गाउँको भन्दा चरम गरिबी रहेको र त्यो डरलाग्दो भएको उनको भनाइ छ ।
निर्देशक दीपेन्द्र के खनाल सीमित क्षेत्रफलभित्र ठड्याइएको भौतिक संरचना मात्रै घर होइन । घर बन्न इमोसन र सम्बन्ध चाहिने बताउँछन् । ‘गाउँमा सर्भाइभ गर्न सहज छ । सबैले सबैलाई चिनेको हुन्छ । सहयोग गर्छ’, खनाल थप्छन्– ‘सहरमा कसैलाई चिन्दैन । घर टाँसिएका छन् । मन टाँसिएको हुँदैन ।’ सहरका ओझेका कथा आफूलाई फिल्म मार्फत भन्न मन लागेको उनले सुनाए ।
अभिनेत्री केकी अधिकारीले अर्ग्यानिक कथा भन्ने बित्तिकै गाउँकै कथा र गाउँकै सेटअप भन्ने भाष्य रहेको भन्दै यो गलत बुझाइ फिल्मले तोड्ने बताइन् । ‘अमेरिकामा बसेर नासामा काम गर्ने नेपालीको कथा पनि नेपाली मौलिक कथा हो । नेपाली साइन्स फिक्सन पनि नेपाली कथा हो,’ उनले भनिन्, ‘अब गाउँ मात्रै होइन, यतातर्फ पनि कथा भनिनुपर्छ । गाउँ, सहर, विदेशका नेपालीका कथा पनि हाम्रै हुन् ।’
‘के घर के डेरा ः घर नं २’ को कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो स्क्रिप्ट हो । फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, सृजना नापित, सन्जोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ । एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण