बुण्डेस लिगामा शीर्ष क्लब बायर्न र बायरलाई झट्का
आइतबार, ३१ चैत २०८१, ०५ : ४६
काठमाडौं । जर्मन बुण्डेस लिगामा शीर्ष स्थानको बार्यन म्युनिख र दोस्रो स्थानको बायर लिभरकुजेन दुबैले बराबरी खेल्दै अंक गुमाएका छन् ।
शनिबार राती बार्यन बोरुसिया डर्टमण्डसँग २-२ को बराबरीमा रोकिँदा बायरले युनियन बर्लिनसँग गोलरहित बराबरी खेल्दै महत्वपूर्ण दुई अंक गुमायो । लिगको उत्तरार्धतिर आएर शीर्ष क्लबहरु धक्का खाइरहेका छन् ।
बायर्नको २९ खेलबाट ६९ अंक भएको छ भने बायरको ६३ अंक छ । तेस्रो स्थानको फ्र्यान्कफर्टको ४८ अंक मात्रै छ । बुण्डेस लिगामा यी दुई बाहेका खेलमा भने हार जितको नतिजा निस्किएको छ ।
फ्रिबर्गले बोरुसिया म्याग्लाडव्याच, सेन्ट पोलीले हालेस्टाइन र आक्सबर्गले बोचुमलाई समान २-१ गोल अन्तरले हराए । होफेनहाइमले भने मेन्जलाई २-० ले हराउँदै महत्वपूर्ण तीन अंक बटुल्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण