झुक्किएर डिपोर्ट भएकालाई अमेरिकाले फिर्ता नल्याउने
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले केही समयअघि एल साल्भाडोरमा अपराधिक समूहहरूलाई डिपोर्ट गर्दा झुक्किएर एक पुरुषलाई पनि डिपोर्ट गरेको थियो । किलमार अर्मान्डो अब्रेगोलाई फिर्ता ल्याउन अमेरिकाले सहजीकरण गर्नैपर्ने अमेरिकी सर्वोच्च अदालतले फैसला नै सुनाएको थियो ।
तर ह्वाइट हाउसका अधिकारीहरूले उनलाई फिर्ता ल्याउने जिम्मा सबै एल साल्भाडोरको भएको तर्क गरिरहेका छन् । सोमबार ओभल अफिसमा भएको बैठकमा ट्रम्प प्रशासन र एल साल्भाडोरका राष्ट्रपति नायिब बकेलेले अब्रेगोलाई अमेरिका फिर्ता नल्याइने स्पष्ट पारेका थिए ।
उनलाई फिर्ता गर्ने योजना छ कि छैन भनेर सीएनएनका एक पत्रकारले सिधै बकेलेलाई प्रश्न गरेकी थिइन् । यसको उत्तरमा उनले यसो गर्नु मूर्खतापूर्ण हुने बताएका थिए । ‘मैले एक आतंकवादीलाई अमेरिका तस्करी गर्छु भनेर तपाईँले भन्न खोज्नु भएको हो ?’ बकेलेले उल्टै प्रश्न गरेका थिए, ‘म आतंकवादीलाई अमेरिका कसरी पठाउन सक्छु ? पक्कै पनि म यसो गर्ने छैन । यो प्रश्न नै मूर्खतापूर्ण हो ।’
हालैका दिनमा एक अमेरिकी न्यायाधीशले अब्रेगोलाई अमेरिका फिर्ता ल्याउन दिएको आदेशको ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले विरोध गरेका थिए । अदालतले अमेरिकाको विदेश नीतिमा हस्तक्षेप गर्न नसक्ने उनीहरूको तर्क थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घ र प्रदेशका सांसदले औपचारिक रूपमै मागे ‘स्वकीय सचिव’
-
लगातार हत्या शृङ्खला : विज्ञ भन्छन्– प्रविधिको दुरुपयोग र नैतिक शिक्षा अभाव
-
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण