अपाङ्गताको पेन्सन थाप्न १६ वर्ष बोल्न नसक्ने अभिनय

मड्रिड । स्पेनमा एक महिलाले अपाङ्गताको पेन्सन थाप्न बोल्न नसक्ने बनेको अभिनय गरेको खुलेको छ । १६ वर्षअघि काम गर्दा घटेको घटनापछि आफू बोल्न नसक्ने भएको ती महिलाको दाबी थियो । तर, एक निजी जासुसले उनको झूट पत्ता लगाउन सफल भएका हुन् ।
सन् २००३ मा स्पेनको एन्डालुसियास्थित एक सुपरमाकेर्टमा काम गर्ने ती महिलालाई ग्राहकले आक्रमण गरेका थिए । सो घटनापछि उनलाई पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर भएको र बोल्न सक्ने क्षमता गुमाएको रिपोर्ट गरिएको थियो ।
उनको मुद्दाको मूल्याङ्कनपछि सामाजिक सुरक्षाले उनलाई स्थायी अपाङ्गताको पेन्सन दिने निर्णय गर्यो । तर, यो घटना कामका क्रममा भएकाले यसका लागि बीमा कम्पनीलाई जिम्मेवार बनाइयो ।
धेरै वर्षपछि जब इन्सुरेन्स कम्पनीले उनको मुद्दालाई पुनर्मुल्याङ्कन गर्यो, त्यसमा केही शंकास्पद कुरा फेला पार्यो । घटना भएको १६ वर्षपछि जब बीमा कम्पनीले उनको मेडिकल रेकर्डको पुनर्मुल्याङ्कन गर्न थाल्यो, उनीहरूले सन् २००९ देखि उनले देखाउँदै आएका कुनै पनि डाक्टरले आफ्नो रिपोर्टमा उनको बोल्न नसक्ने बारेमा केही पनि नबोलेको कम्पनीले पायो ।
यसलाई डाक्टरहरूको टिमसँग बसेर जाँच गरियो । यसमध्ये एक जना डाक्टरले यो धोकाधडीको मामिला हुन सक्छ भनेर सचेत गराए ।
यद्यपि, डाक्टरको सुझावको आधारमा ती महिलाविरुद्ध मुद्दा दर्ता सम्भव थिएन । त्यसपछि कम्पनीले एक निजी जाजुसलाई सत्यतथ्य फैलाउने जिम्मा दियो ।
जासुसले ती महिला सडक र फोनमा राम्रोसँग बोल्ने गरेको पत्ता लगायो । अझ थप प्रमाण जुटाउन उनले सडक हिँडिरहेको बेला ती महिला ठेगाना सोधेका थिए । उनी यसमा फस्न पुगिन् ।
आफूलाई रेकर्ड गरिरहेको पत्ता नै पाएकी ती महिलाले जासुसलाई ठेगानाबारे बताइन् । यो अन्तिम प्रमाणसँगै कम्पनीले ती महिला अपाङ्गताको पेन्सन प्राप्त गर्न लायक नरहेको भन्दै कानुनी प्रक्रिया सुरु गर्यो ।
गत जनवरीमा उच्च अदालतले बीमा कम्पनीको पक्षमा फैसला गर्यो र अबदेखि महिलालाई पेन्सन रकम तिर्न नपर्ने बतायो । यता महिलाले आफूलाई अनुमति बिना नै रेकर्ड गर्नु आफ्नो संवैधानिक अधिकारको उल्लघंन भएको भन्दै मुद्दा खारेज गर्न माग गरेकी थिइन् । तर, उनको मागलाई अदालतले खारेज गरिदियो ।
जनवरीको फैसलापछि अब महिलाले झुक्यानमा पारेर लिएको पैसा तिर्नुपर्ने मागसहित अर्को मुद्दा दायर भएको छ । यसमा कम्पनीले पनि ती महिलाविरुद्ध अर्को मुद्दा हाल्ने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरा केबलकारबारे मुख्यमन्त्री र मन्त्रीबिच विवाद
-
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
-
ममता काफ्लेको हत्या प्रकरण : नरेश भट्टविरुद्धको न्याययात्रा निर्णायक मोडमा
-
एमाले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईका भूभागहरूमा तातो लहर चल्ने
-
राष्ट्र सङ्घमा प्रस्तुत चन्द्रागिरिको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना प्रतिवेदन सार्वजनिक