अतिरिक्त भन्सार महसुलबारे अमेरिकाले चीनलाई के भन्यो ?

वासिङ्टन डीसी । यतिबेला विश्वका दुई शीर्ष अर्थतन्त्र अमेरिका र चीन एक अर्काको देशबाट आउने सामानमाथि अतिरिक्त भन्सार महसुल लगाउने दौडमा छन् । जस्तालाई त्यस्तै गर्ने नीतिका कारण विश्व सेयर बजार त्रस्त बनेको छ, बहुमूल्य धातु सुनको भाउ आकासिएको छ । यसैबिच अमेरिकाले अतिरिक्त भन्सार महसुलबारे टिप्पणी गरेको छ ।
‘बल चीनको कोर्टमा छ । हामीसँग डिल गर्नुपर्ने आवश्यकता चीनलाई छ, हामीलाई उसँग डिल गर्नुपर्ने कुनै आवश्यकता छैन ।’ अमेरिकाले भनेको छ । यो अभिव्यक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हो । यसलाई ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले मङ्गलवार पत्रकार सम्मेलनको क्रममा पत्रकारहरूलाई पढेर सुनाएकी थिइन् ।
‘चीनले जे चाहेको छ, त्यो हामीसँग छ, अर्थात् अमेरिकी उपभोक्ताहरू,’ विज्ञप्तिमा भनिएको छ । प्रेस सचिव लेविटले भनिन्, ‘राष्ट्रपतिले फेरि एक पटक स्पष्ट पारेका छन् कि उनी चीनसँग डिल गर्न इच्छुक छन्, तर चीनले अमेरिकासँग डिल गर्नुपर्छ ।’
चिनियाँ राष्ट्रपति सी जिनपिङ र उनका अधिकारीहरूले आफ्ना व्यापारिक साझेदारहरूलाई अमेरिकी भन्सार शुल्क विरुद्ध एकताबद्ध हुन र अन्तसम्म लड्ने वाचा गर्न आग्रह गरेको समयमा ट्रम्पको यो प्रतिक्रिया आएको हो । व्यापार साझेदारलाई अमेरिकाविरुद्ध एक जूट हुन अनुरोध गरे पनि चीनले अमेरिकासँग वार्ताको ढोका खुलै राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसिलो स्रोतबिच सुदूरपश्चिम प्रदेशको महत्वाकांक्षी बजेट
-
बागमती प्रदेशको बजेट : स्थानीय तहले कति पाए ?
-
बागमती प्रदेशको बजेटः कृषि र पर्यटन क्षेत्रका के–के परे प्राथमिकतामा ?
-
लुम्बिनीको बजेट लक्ष्यविहीन र सस्तो लोकप्रियताका लागि मात्रै : प्रतिपक्षी नेता महरा
-
६ महिनादेखि सम्पर्कविहीन नेपाली युवा दिल्लीमा जीवित फेला
-
लुम्बिनी प्रदेशले ल्यायो अघिल्लोभन्दा कम बजेट, कृषि क्षेत्रलाई उच्च प्राथमिकता