अतिरिक्त भन्सार महसुलबारे अमेरिकाले चीनलाई के भन्यो ?
वासिङ्टन डीसी । यतिबेला विश्वका दुई शीर्ष अर्थतन्त्र अमेरिका र चीन एक अर्काको देशबाट आउने सामानमाथि अतिरिक्त भन्सार महसुल लगाउने दौडमा छन् । जस्तालाई त्यस्तै गर्ने नीतिका कारण विश्व सेयर बजार त्रस्त बनेको छ, बहुमूल्य धातु सुनको भाउ आकासिएको छ । यसैबिच अमेरिकाले अतिरिक्त भन्सार महसुलबारे टिप्पणी गरेको छ ।
‘बल चीनको कोर्टमा छ । हामीसँग डिल गर्नुपर्ने आवश्यकता चीनलाई छ, हामीलाई उसँग डिल गर्नुपर्ने कुनै आवश्यकता छैन ।’ अमेरिकाले भनेको छ । यो अभिव्यक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हो । यसलाई ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले मङ्गलवार पत्रकार सम्मेलनको क्रममा पत्रकारहरूलाई पढेर सुनाएकी थिइन् ।
‘चीनले जे चाहेको छ, त्यो हामीसँग छ, अर्थात् अमेरिकी उपभोक्ताहरू,’ विज्ञप्तिमा भनिएको छ । प्रेस सचिव लेविटले भनिन्, ‘राष्ट्रपतिले फेरि एक पटक स्पष्ट पारेका छन् कि उनी चीनसँग डिल गर्न इच्छुक छन्, तर चीनले अमेरिकासँग डिल गर्नुपर्छ ।’
चिनियाँ राष्ट्रपति सी जिनपिङ र उनका अधिकारीहरूले आफ्ना व्यापारिक साझेदारहरूलाई अमेरिकी भन्सार शुल्क विरुद्ध एकताबद्ध हुन र अन्तसम्म लड्ने वाचा गर्न आग्रह गरेको समयमा ट्रम्पको यो प्रतिक्रिया आएको हो । व्यापार साझेदारलाई अमेरिकाविरुद्ध एक जूट हुन अनुरोध गरे पनि चीनले अमेरिकासँग वार्ताको ढोका खुलै राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घ र प्रदेशका सांसदले औपचारिक रूपमै मागे ‘स्वकीय सचिव’
-
लगातार हत्या शृङ्खला : विज्ञ भन्छन्– प्रविधिको दुरुपयोग र नैतिक शिक्षा अभाव
-
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण