आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

युक्रेनी मामिलामा युरोपसँग कुरा गर्दै अमेरिका

बिहीबार, ०४ वैशाख २०८२, १० : ५३
बिहीबार, ०४ वैशाख २०८२

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका युक्रेनी दूत स्टिभ विटकफ र विदेश मन्त्री मार्को रुबियोले बिहीबार युक्रेनी युद्ध अन्त्य गर्ने प्रयासबारे युरोपेली समकक्षीहरूसँग पेरिसमा छलफल गर्ने भएका छन् । वार्तामा बेलायतका विदेशमन्त्री डेभिड ल्यामी पनि सहभागी हुनेछन् । युद्धबारे आन्ध्र महासागार आसपासका देशबिच हुन लागेको यो फेब्रुअरीयताकै उच्चस्तरीय वार्ता हो । 

हालैका महिनाहरूमा अमेरिकी सरकारले युक्रेनी मामिलामा युरोपेली मित्र राष्ट्रहरूलाई बेवास्ता गरिरहेको थियो । युक्रेनी मामिलामा ट्रम्पले युरोपलाई पाखा लगाएकै समयमा बिहीबारको बैठकमा केही भएन भने पनि वार्ता आफैँमा महत्त्वपूर्ण हुनेछ । विटकफ र रुबियोले फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँ र उनको टोलीलाई पनि भेट्नेछ । त्यसपछि रुबियोले ल्यामी र फ्रान्स र जर्मन समकक्षीहरूसँग पनि भेटवार्ता गर्नेछन् । 

बैठकमा युरोपेली राष्ट्रिय सुरक्षा सल्लाहकारहरू पनि सामेल हुनेछन् । बैठकको फोकश युक्रेनमा कसरी युद्ध अन्त्य गर्ने भन्नेमा हुने अमेरिकाको विदेश मन्त्रालयले भनेको छ । निःशर्त युद्धविरामका लागि पुटिनमाथि थप दबाब दिन आफूहरूले ट्रम्पसँग अनुरोध गर्ने युरोपेली कूटनीतिज्ञहरूले बताएका छन् । ‘हामी चाहन्छौं कि अमेरिकाले अलिकति बढी कडाइ देखाओस्,’ एक अधिकारीले बीबीसीसँग भने ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप