सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय
केन्द्रीय कार्यसम्पादन समिति बैठक

रवीन्द्र मिश्र र धवल शमशेरको रिहाइको लागि राजनीतिक र कानुनी लडाइँ जारी राख्ने राप्रपाको निर्णय

बिहीबार, ०४ वैशाख २०८२, १९ : २४
बिहीबार, ०४ वैशाख २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले  प्रहरी हिरासतमा रहेका नेता कार्यकर्ताहरूको रिहाइको लागि राजनीतिक र कानुनी लडाइँ जारी राख्ने निर्णय गरेको छ ।

राजेन्द्र लिङ्देनको अध्यक्षतामा बिहीबार धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

पार्टीको मुद्दाको स्थापनाका पक्षमा तथा पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा. धवल शमशेर राणा लगायत प्रहरी हिरासतमा रहेका सम्पूर्ण नेता, कार्यकर्ताको निःशर्त रिहाई र गत चैत्र १५ गते तीनकुनेमा राज्यपक्षबाट भएको दमनको घटनाको निष्पक्ष न्यायिक आयोग गठनको लागि दबाब दिन वैशाख ७ गते काठमाडौँ निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

यस्तै आगामी वैशाख ९ गते देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन र धर्नाको कार्यक्रम गर्ने, संवैधानिक राजसंस्था, हिन्दु राष्ट्रको पुनःस्थापन, संघीयताको खारेजीलगायत मुद्दामा समर्थन जुटाउन सबै पक्षसँग छलफल र अन्तरक्रियाका कार्यक्रम सञ्चालन गर्ने, उपत्यकाको सबै वडा तहमा आन्दोलनको तयारी गर्ने, यसका लागि समन्वय गर्न केन्द्रीय र प्रदेश तहका नेताहरूलाई खटाउने,आन्दोलनसम्बन्धी विषयमा योजना बनाउन तथा तत्काल आवश्यक निर्णय लिनपरेमा पार्टी अध्यक्षको संयोजकत्वमा पूर्वअध्यक्षहरू र उपाध्यक्षहरू रहेको समितिलाई जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ । 

राष्ट्रवादी विचार भएका दल, अभियान, समूहले गर्ने कार्यक्रमलाई पार्टीले सहयोग गर्ने तर त्यस्ता दल अभियान वा समूहको समितिमा रहेर कार्य गरेको पाइएमा स्वतः पदमा नरहने केन्द्रीय कार्यसम्पादन समितिको यस पूर्वको निर्णय सबै कार्यसमितिलाई जानकारी गराउने एवं आन्दोलनको कार्यक्रम सँगसँगै जिल्ला अधिवेशनको कार्यक्रमलाई समेत निरन्तरता दिने निर्णय गरिएको छ । 

यस्तै राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले काठमाडौँमा भइरहेको शिक्षकहरूको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शिक्षकहरूको माग तत्काल सम्बोधन गरी विद्यालय भर्ना कार्यक्रम एवं नजिकै आइरहेको कक्षा १२ को परीक्षा नरोकिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । 

लामो समयदेखि आन्दोलनमा रहेका सहकारी पीडितको समस्या तत्काल सम्बोधन गर्न राप्रपाले सरकारको ध्यानाकर्षणसमेत गराएको राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप