शनिबार, २० वैशाख २०८२
ताजा लोकप्रिय

रास्वपा केन्द्रीय समिति बैठकमा सुमनाले राजीनामाबारे गराइन् जानकारी

बिहीबार, ०४ वैशाख २०८२, २० : ४३
बिहीबार, ०४ वैशाख २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् सुमना श्रेष्ठले सह महामन्त्रीको पदबाट सभापति रवि लामिछानेलाई राजीनामा बुझाएको बारे बिहीबारको केन्द्रीय समिति बैठकमा जानकारी गराएकी छन् । 

राजीनामाबारे आवश्यक छलफल गरेर प्रक्रियागत रुपमा अगाडि बढाइने कार्यवाहक सभापति डोल प्रसाद अर्यालले बैठकमा जानकारी गराएको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।  

बैठकमा कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले सामाजिक सञ्जालमा समर्थकहरूको अराजक उपस्थिति प्रति ध्यानाकर्षण बताएको कार्यवाहक प्रवक्ता झाले बताए । उनका अनुसार कार्यवाहक सभापति अर्यालले अराजकता घातक हुने भन्दै सबै सदस्यहरूलाई सामाजिक सञ्जाल प्रयोग आचारसंहिता अन्तर्गत अभ्यास गर्न र सभ्य रूपमा प्रस्तुत हुन, अनावश्यक रूपमा नबोल्न, नलेख्न अनुरोध गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप