शनिबार, २० वैशाख २०८२
ताजा लोकप्रिय

लिङ्देन लगायतका नेता पक्राउपछि प्रवक्ता श्रेष्ठले भने - सरकारको रबैयाले संविधान प्रदत्त अधिकार कुण्ठित भयो

आइतबार, ०७ वैशाख २०८२, १४ : ५८
आइतबार, ०७ वैशाख २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन,उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही सिंहदबारभित्र प्रदर्शन गरेको आरोपमा आइतबार पक्राउ परेका छन् । 

उनीहरूले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अंकित पम्प्लेट देखाउँदै सिंहदरबारमा प्रदर्शन गर्न खोज्दा प्रहरीले पम्प्लेट खोसेको थियो । 

त्यसक्रममा लिङ्देनले लोकतन्त्रमा बोल्न र प्रदर्शन गर्न पनि सरकारले रोक लगाएको भन्दै आपत्ति जनाए ।

राप्रपाका नेताहरु पक्राउ परेपछि राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले सरकारको रबैयाले संविधान प्रदत्त अधिकार कुण्ठित भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उक्त कुरा बताएका हुन् । उनले गणतन्त्रका नाममा भइरहेको निरंकुशता अन्त्य हुनैपर्ने समेत बताए ।

उनले लेखेका छन्,‘सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट पार्टीको आन्तरिक बैठक सकेर कार्यक्रमस्थल बिजुली बजारतर्फ पैदल जाने क्रममा प्रशासनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई सिंहदरबार भित्रै गिरफ्तार गरेको छ । सरकारको रवैयाले स्वतन्त्रतापूर्वक हिडडुल गर्न पाउने, राजनीतिक गतिविधि गर्न पाउने संविधान प्रदत्त अधिकार कुण्ठित भएको छ। गणतन्त्रका नाममा भइरहेको निरंकुशता अन्त्य हुनैपर्छ ।’

शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रमस्थलतर्फ प्रस्थान गर्ने क्रममा पक्राउ परेका नेताहरुलाई अविलम्ब रिहा गर्न समेत उनले माग गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप