नेतृत्व नै पक्राउपछि राप्रपाले भन्यो - गणतन्त्रका नाममा निरङ्कुशता अन्त्य हुनैपर्छ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गणतन्त्रका नाममा भइरहेको निरंकुशता अन्त्य हुनुपर्ने बताएको छ ।
आइतबार सिंहदरबारभित्रैबाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन,उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही पक्राउ परेका थिए ।
पार्टीका तीन नेता पक्राउ परेपछि राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले गणतन्त्रका नाममा भइरहेको निरंकुशता अन्त्य हुनैपर्ने बताए । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उक्त कुरा बताएका हुन् ।
राप्रपाका नेताहरु पक्राउ परेपछि राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले सरकारको रबैयाले संविधान प्रदत्त अधिकार कुण्ठित भएको समेत बताए ।
उनले लेखेका छन्,‘सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट पार्टीको आन्तरिक बैठक सकेर कार्यक्रमस्थल बिजुली बजारतर्फ पैदल जाने क्रममा प्रशासनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई सिंहदरबार भित्रै गिरफ्तार गरेको छ । सरकारको रवैयाले स्वतन्त्रतापूर्वक हिडडुल गर्न पाउने, राजनीतिक गतिविधि गर्न पाउने संविधान प्रदत्त अधिकार कुण्ठित भएको छ। गणतन्त्रका नाममा भइरहेको निरंकुशता अन्त्य हुनैपर्छ ।’
शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रमस्थलतर्फ प्रस्थान गर्ने क्रममा पक्राउ परेका नेताहरुलाई अविलम्ब रिहा गर्न समेत उनले माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पलाई मार्न चाहन्छ इरान ?
-
कर्णालीको आर्थिक वृद्धिदर ४.७४ प्रतिशत र प्रतिव्यक्ति आम्दानी १०८९ अमेरिकी डलर पुग्ने अनुमान
-
इजरायली आक्रमणमा इरानी सेनाको गुप्तचर प्रमुखको मृत्यु
-
धवलशमशेरको बयान न्यायाधीश खनालको इजलासमा
-
संसद् बैठक बहिष्कार गरेको दिनको भत्ता नलिने राप्रपाको घोषणा
-
सभामुख घिमिरे र रास्वपाका नेताहरूबिच छलफल