बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकाको बोस्टनमा गुन्जिदै ‘नेपथ्य’

आइतबार, ०७ वैशाख २०८२, १७ : २७
आइतबार, ०७ वैशाख २०८२

काठमाडौँ । नेपाल र नेपालीहरुले सर्बाधिक रुचाइएको चर्चित सांगीतिक समूह नेपाली लोक रक ब्यान्ड नेपथ्य अमेरिकामा गुन्जने भएको छ । ‘नेपथ्य लाईभ इन बोस्टन’ नाम दिईएको कार्यक्रम जुन ११ तारिख बुधबार बोस्टनमा हुने भएको हो  । कार्यक्रम डिजे मुकुन्द ईण्टरटेनमेन्टले प्रस्तुत गर्न लागेको हो ।

विगत लामो समयदेखि अमेरिकामा विभिन्न इभेन्ट तथा  सांगीतिक कार्यक्रम गर्दै आएको डिजे मुकुन्द ईण्टरटेनमेन्टले नेपथ्य लाइभ इन बोस्टनलाइ सफल बनाउन तयारी थालेको आयोजक मुकुन्द पोखरेलले बताए ।

बोस्टन शहरको रोयाले बोस्टनमा हुने कन्सर्ट नेपाली समुदायको बहुप्रतिक्षित सांगीतिक कार्यक्रम हो । बोस्टन लगायत अमेरिकाको जम्मा सात वटा राज्यमा नेपथ्यको प्रस्तुति रहने छ ।

कार्यक्रममा नेपथ्यले ‘भेँडाको ऊन जस्तो’, ‘छेक्यो छेक्यो,’ ‘मै मरि जाउँला’ ‘आँगनैभरि हिउँ नै झरे’ शिरफूल शिरैमा’ ‘लामपाते सुरती’, ‘चरि मर्‍यो’ ‘कोशीको पानी’, ‘रेशम’, ‘हिमाल चुचुरे’ ‘मै नाचे छमछमी’, सा कर्णाली, जोमसोम बजारमा, उडायो रेलैले, रेशम, तालको पानी जस्ता गीतहरू कार्यक्रममा गाउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप