गभर्नर विवादसम्बन्धी रिट तेस्रो दिन पनि हेर्न नभ्याइने
मङ्गलबार, ०९ वैशाख २०८२, १३ : ५७

काठमाडौँ । गभर्नरको उमेरजन्य योग्यता संशोधन कार्यान्वयन नगर्न परेको रिट र उक्त रिटमाथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न मागसहितको सर्वोच्चमा दायर पूरक निवेदन तेस्रो दिन पनि हेर्न नभ्याइने भएको छ ।
अधिवक्ताद्वय विशाल थापा र प्रतिभा उप्रेतीले दायर गरेको रिटको पेसी न्यायाधीशद्वय महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासमा आज पनि हेर्न नभ्याइनेमा परेको हो । रिट तथा निवेदनमाथि १७ औँ नम्बरमा तोकिएको थियो ।
सोमबार उक्त निवेदनको पेसी १३ औँ र आइतबार ४० औँ नम्बरमा तोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?