कक्षा १२ को परीक्षाको संशोधित तालिका आज प्रकाशित गरिने
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार कक्षा १२ को परिवर्तित तालिका प्रकाशन गर्ने जानकारी दिएको छ । परीक्षाको समयतालिका आज बोर्डको वेबसाइटमार्फत र त्यसपछि गोरखापत्र दैनिकमा समेत प्रकाशन गरिने बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा जानकारी दिएका हुन् ।
बोर्डले यसअघि वैशाख ११ गतेदेखि २४ गतेसम्म माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) सञ्चालन हुने गरी परीक्षा समयतालिका सार्वजनिक गरेको थियो । तर, मंगलबार बोर्डले परीक्षाको समय परिवर्तन गर्दै वैशाख २१ गते बिहान ८ बजेदेखि सञ्चलन गर्ने बताएको थियो ।
हाल सिर्जित विशेष परिस्थितिका कारण परीक्षार्थीले गरेको अनुरोध, अभिभावकको चिन्ता तथा परीक्षा केन्द्रको व्यवस्था र सञ्चालनमा आउन सक्ने प्राविधिक कठिनाइसमेतलाई दृष्टिगत गरी परीक्षा सारिएको बोर्डको भनाई छ । परीक्षाको मिति संशोधन गर्दा विद्यार्थी र अभिभावकमा पर्न गएको असुविधाप्रति बोर्डले क्षमा समेत मागेको छ । साथै बोर्डले परीक्षार्थीमा परीक्षाको तयारीलाई निरन्तरता दिन पनि अनुरोध गरेको छ ।
‘परीक्षालाई मर्यादित रूपले सम्पन्न गर्न प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति, जिल्ला परीक्षा समन्वय समिति, स्थानीय तहहरू, केन्द्राध्यक्षहरू, शिक्षक, सुरक्षा निकायलगायत सम्पूर्ण सरोकारवालामा राष्ट्रिय परीक्षा बोर्ड हार्दिक अपिल गर्दछ,’ बोर्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण