भारत र साउदी अरबबिच अन्तरिक्ष, सञ्चार स्वास्थ्य लगायत क्षेत्रमा महत्त्वपूर्ण सम्झौता

जेद्दा । भारत र साउदी अरबले रक्षा सहित दुई नयाँ मन्त्रीस्तरीय समितिहरू गठन गरेका छन् । दुवै पक्ष भारतमा दुई रिफाइनरीहरू स्थापना गर्न सहकार्य गर्न सहमत भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको साउदी भ्रमणको क्रममा त्यहाँका युवराज मोहम्मद बिन सलमानसँगको भेटमा यी सहमति भएका हुन् । दुवै पक्षले अन्तरिक्ष, एन्टी–डोपिङ शिक्षा, स्वास्थ्य र सञ्चारका क्षेत्रमा चारवटा समझदारीपत्रमा हस्ताक्षर पनि गरे ।
मोदी र सलमानले रणनीतिक साझेदारी परिषद्को सह–अध्यक्षता गरे । यसको उद्देश्य दुई देशहरू बिचको मित्रतालाई अझ सुदृढ पार्नु रहेको छ ।
द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्न २०१९ मा मोदीको साउदी भ्रमणको क्रममा रणनीतिक साझेदारी परिषद्को स्थापना गरिएको थियो । एक आधिकारिक विज्ञप्ति अनुसार, परिषद्ले राजनीतिक, रक्षा, सुरक्षा, व्यापार, लगानी, ऊर्जा, प्रविधि, कृषि, संस्कृति र जनता–जनता सम्बन्धलाई समेटेर एसपीसी अन्तर्गत विभिन्न समिति, उपसमिति र कार्य समूहहरूको कामको समीक्षा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध घुसपैठ रोक्न भारतसँगको सबै सीमा नाकामा उच्च निगरानी
-
आशाको सञ्चार गराउनु मिडियाको प्रमुख दायित्व हो : अध्यक्ष बस्नेत
-
आईपीएल : प्रभसिमरनको शानदार ब्याटिङ, लखनउसामु २ सय ३७ रनको लक्ष्य
-
‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की
-
कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु
-
कुमाल गाउँका ८० जनाले सिके पाउदुरे नाच