विद्यार्थीको कपालको लम्बाइबारे लचिलो बन्यो थाइल्यान्ड
बैंकक । थाइल्यान्डमा विद्यालय जाने छात्र छात्राको कपालसम्बन्धी नियम निकै कठोर रहँदै आएको छ ।
हरेक महिना विद्यालयमा लाइन लगाएर विद्यार्थीको पोसाक र हुलियाको चेकजाँच हुँदा कपालको लम्बाइ अनिवार्य हेरिन्थ्यो । नियम पालना नगर्ने केटाको कपाल समस्त विद्यार्थीको अगाडि आधा खौरिएर पठाइन्थ्यो । तर अब भने त्यहाँका विद्यार्थीले यस्तो खालको त्रासद र लज्जास्पद स्थितिको सामना गर्नुनपर्ने भएको छ ।
सन् १९७५ देखि थाइल्यान्डका विद्यालयहरूमा छात्रले आर्मीको जस्तो कपाल राख्नुपर्थ्यो भने छात्राको पनि कपालको मापदण्ड तोकिएको थियो । सन् २०१३ मा यसलाई केही खुकुलो पारियो । छात्रलाई धेरैमा घाँटीसम्म कपाल राख्न दिइयो भने छात्राले पनि बाँधेर राख्दासम्म जति लामो बनाए पनि हुने भयो ।
तर अहिले त्यहाँ विद्यार्थीको हेयर स्टाइलसम्बन्धी नियम निकै फेरिएको छ । त्यहाँको शिक्षा मन्त्रालयले ५० देखि अपनाउँदै आएको यस नियमलाई मार्चमा देशको सबैभन्दा उच्च प्रशासनिक अदालतले असंवैधानिक घोषित गरिदियो ।
यस नियमले व्यक्तिगत स्वतन्त्रतामा निकै धेरै बन्देज लगाएको भन्दै अदालतले यसलाई थाई संविधानविरुद्ध भनेको थियो । यो नियम अहिलेको समाजको अवस्थासँग मेल खाने पनि नभएको अनि बालबालिका विशेषगरी विविध लैंगिक पहिचान भएकाहरूको मानिसिक स्वास्थ्यमा यसले क्षति पुर्याएको अदालतको ठहर थियो ।
हेयर स्टालबारे देशभरमा सन् २०२० मा विद्यार्थी आन्दोलनपछि शिक्षा मन्त्रालयले विद्यालयहरूलाई आफ्नै नियम बनाउने स्वतन्त्रता दिएको थियो । अब भने त्यहाँका विद्यार्थीहरूले राहतको सास फेर्न पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण