आईपीएल : प्रभसिमरनको शानदार ब्याटिङ, लखनउसामु २ सय ३७ रनको लक्ष्य
काठमाडौँ । प्रभसिमरन सिंहको शानदार ब्याटिङको मद्दतले पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्स सामु जितका लागि २ सय ०० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
धर्मशालामा आइतबार खेलिएको इन्डियन प्रिमियर लिग (आईपीएल) को ५४ औँ खेलमा पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ३६ रन बनाएको हो ।
सिंहले विस्फोटक ब्याटिङ गर्दै ४८ बलमा सर्वाधिक ९१ रन जोडे । १९ औँ ओभरमा आउट हुनअघि उनले ६ चौका र ७ छक्का प्रहार गरे ।
खेलमा पञ्जाबको सुरुवात भने राम्रो हुन सकेन । पहिलो ओभरमा नै १ रन बनाएर प्रियांश आर्या पभेलियन फर्कन बाध्य भएका थिए ।
त्यसपछि सिंहले जोस इंग्लिससँग मिलेर टोलीको इनिङ्स अघि बढाए । पाँचौँ ओभरमा इंग्लिस १४ बलमा ३० रन जोड्दै आकाश सिंहको सिकार बने । उनले १ चौका र ४ छक्का हिर्काए ।
इंग्लिस आउट भएपछि सिंहले कप्तान श्रेयस अय्यरसँग मिलेर ४७ बलमा ७८ रनको साझेदारी गरे । अय्यर २५ बलमा ४५ रन जोडेर आउट हुँदा टोलीले ३ विकेटको क्षतिमा १ सय २८ रन जोडेको थियो । अय्यरले आफ्नो इनिङ्समा ४ चौका र २ छक्का प्रहार गरे ।
त्यसपछि आएका नेहल वधेराले ९ बलमा १६ रन जोडे । खेलको अन्त्यतिर शशांक सिंहले १५ बलमा ३३ रन तथा मार्कस स्टोइनिसले ५ बलमा १५ रनको महत्त्वपूर्ण इनिङ्स खेले ।
लखनउका लागि आकाश सिंहले ४ ओभर बलिङ गर्दै ३० रन खर्चेर २ विकेट लिए । त्यस्तै दिग्वेस राठीले पनि ४ ओभरमा ४६ रन लिएर २ विकेट हात पारे । प्रिन्स यादवले १ विकेट लिए ।
पञ्जाब र लखनउ दुवै टोली प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्ने प्रयासमा छन् । पञ्जाब १० खेलबाट १३ अंक बटुल्दै चौथो स्थानमा रहेको छ । लखनउले समान खेलबाट १० अंक बटुलेर सातौँ स्थानमा आसीन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण