“भ्रष्टाचार विरुद्धका कविता” पुस्तक लोकार्पण, ४ लाख नगद सहित सर्जकलाई सम्मान

काठमाडौँ हेम–सरिता पाठक फाउन्डेसनले शनिबार प्रज्ञाभवनमा पत्रकार तथा गीत र कविताका गरी ५ सर्जकलाई ४ लाख नगद राशिसहित सम्मान गरेको छ ।
फाउन्डेसनका अध्यक्ष जेनी पाठकको सभापतित्वमा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि डा. अमरेशकुमार सिंहले उक्त पुरस्कारहरू प्रदान गरे । कार्यक्रममा २ लाख राशिको टङ्कप्रसाद– रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट पत्रकारहरू मातृका दाहाल र दीपा दाहाल संयुक्त पुरस्कृत भए ।
पुरस्कृत पत्रकार दाहालद्वयले खोज पत्रकारितामार्फत सत्ता संरचनामा जरा गाडेका भ्रष्टाचार उजागर गर्दै सुशासन र जवाफदेहीताका पक्षमा कलम चलाउँदै आएका छन् ।
यसैगरी १ लाख राशिको “हेम–सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार” गीतकार गोपालप्रसाद थपलिया र सङ्गीतकार एवं गायक शिशिर योगी संयुक्त पुरस्कृत भए । उनीहरुले “जनतालाई रुवायो” गीतका लागि सो पुरस्कार प्राप्त गरेका हुन् ।
यसैगरी नगद १ लाख राशि भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कारबाट कवि तोया भट्ट पुरस्कृत हुनु भएको सो कार्यक्रममा उत्कृष्ट २५ कविहरूलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।
उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह, फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठक र अध्यक्ष जेनी पाठकले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।
सोही कार्यक्रममा “भ्रष्टाचार विरुद्धका कविता”“ पुस्तक पनि लोकार्पित समेत भएको छ । कार्यक्रममा प्रमुख अतिथि माननीय डा.सिंह, हेम–सरिता पाठक फाउन्डेसनकी अध्यक्ष जेनी पाठक, प्रमुख संरक्षक हेम पाठक, पूर्व सांसद नवराज सिलवाल, बाग्मती प्रदेशका पूर्व मन्त्री माननीय दीपेन्द्र श्रेष्ठ, राप्रपाका महामन्त्री शरदराज पाठक, पूर्व आइजिपी सर्वेन्द्र खनाल, फाउन्डेसनका प्रमुख सल्लाहकार एवं वरिष्ठ गायक प्रेमराजा महत, सामाजिक अभियन्ता टेकराज पौडेल, चर्चित कलाकार लय संग्रौला, पुरस्कृत पत्रकारहरू मातृका दाहाल र दीपा दाहाल लगायतले मन्तव्य राखेका थिए ।
हेम–सरिता पाठक फाउन्डेसनका महासचिव राधेश्याम लेकालीले कार्यक्रमको उद्धेश्य र महत्वमाथि प्रकाश पार्दै पुरस्कृतहरूको योगदानबारे बोलेका थिए । कार्यक्रममा पुरस्कृत कवि तोया भट्ट र सिस्नुपानी नेपालका अध्यक्ष लक्षमण गाम्नाङेले भ्रष्टाचारविरुद्धको कविता वाचन गरेका थिए ।
कार्यक्रम मा टङ्कप्रसाद पाठक र रमादेवी पाठकको सम्झनामा मौन धारण गरिएको सो कार्यक्रममा गायक एवं सङ्गीतकारहरू नारायण रायमाझी, वी. वी. अनुरागी, कृष्ण कँडेल र नवीन पौडेलले भ्रष्टाचारविरुद्धको गीत गाएका थिए भने भने राष्ट्रिय लोकभजन संरक्षण प्रतिष्ठान नेपालको ओमकारेश्वर भजन समूहले भ्रष्टाचारविरुद्धको भजन प्रस्तुत गरेका थिए ।
चर्चित पत्रकार एवं कवि ठाकुर बेलवासेले सहजीकरण गर्नु भएको सो कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त किशोर सिलवाल, पूर्व रक्षा सचिव देवेन्द्र सिटौला, फाउन्डेसनकी संरक्षक सरिता पाठक, सल्लाहकारहरू तीर्थ कोइराला, रमेश खरेल (पूर्व डिआइजी), गीतकार एवं समाजसेवी शोभित उप्रेती, समाजसेवी राम सिवाकोटी लगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्षदेखि चिकित्सकको पर्खाइमा सर्पदंश उपचार केन्द्र
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित