लन्डन पुगे राजेश हमाल र सन्दीप क्षेत्री

लन्डन । महानायक राजेश हमाल र हास्य कलाकार सन्दीप क्षेत्री लन्डन आइपुगेका छन् । लन्डनमा हुने कमेडी र संगीतको सम्मिश्रण कार्यक्रम ‘लाफ्टर फर लाइफ’ का लागि हमाल र क्षेत्री बुधबार राति लन्डन हिथ्रो अवतरण गरेका हुन् ।
कलाकारद्वयलाई आयोजक माया इभेन्ट्सका तर्फबाट राज पाण्डे र डा. रक्षा थापाले स्वागत गरेका थिए । माया इभेन्ट्सकै अन्य सदस्यहरू र लन्डनका केही अग्रजले समेत कलाकारहरूलाई स्वागत गरे ।
लन्डन उत्रिएपछि कलाकारहरूले २७ अप्रिल साँझ लन्डन हयारो लिजर सेन्टरमा हुन गइरहेको ‘लाफ्टर फर लाइफ’ कार्यक्रममा आएर रमाइलो गर्न सबैमा अपिल गरेका छन् । महानायक हमाल पहिलोपटक स्ट्याण्डअप कमेडीका रूपमा स्टेजमा उत्रनेछन् ।
हमाल क्षेत्री सहभागी उही स्टेजमा गायक नवीन के भट्टराई र उनको ब्यान्ड अतृप्तले पनि ‘परफर्म’ गर्दैछ । नवीन के र ‘अतृप्त’ का सदस्यहरू भने अप्रिल २५ तारिख बिहान लन्डन उत्रने तय छ ।
आयोजक राज पाण्डेले लन्डनमा यस खालको शो विरलै हुने गरेको जनाउँदै सम्पूर्ण दर्शकहरूलाई बेलैमा अनलाइन टिकट सुरक्षित गर्न अनुरोध गरेका छन्।
डा. रक्षा थापाले कार्यक्रम ऐतिहासिक हुने बताउँदै विद्यार्थीका लागि विशेष सहुलियत दिइएको जनाइन् । कार्यक्रममा आएर संगीत र हाँसोको मज्जा लिन उनको अपिल छ ।
‘लाफ्टर फर लाइफ’ सफल बनाउन ५ युवाहरू भूपेन्द्र विष्ट, भरतराज जोशी, सागर आग्री, शुभम् दाहाल र अर्जुन तिवारी जुटेका छन् । आयोजकले शोका लागि युरोपदेखि संयुक्त अधिराज्यका चारवटै राज्यबाट दर्शकहरू आउन टिकट काटिसकेको जनाएका छन् । यस कार्यक्रम बेलायतकै उत्कृष्ट बनाउने आयोजकको लक्ष्य छ ।
महानायक हमाल ७ मे तथा नवीन के भट्टराई एवं उनका ब्यान्ड सदस्य र सन्दीप क्षेत्री १ मेमा नेपाल फर्कने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका निलम्बित मेयर थापालाई ३ लाख धरौटीमा छाड्न आदेश
-
विद्युत् व्यापार गर्न निर्देशिका बनाउँदै सरकार
-
राज्य व्यवस्थाको प्रतिवेदन हुबहु पारित भए कर्मचारीलाई राजीनामा दिएर संवैधानिक नियुक्तिमा बन्देज
-
बालुवाटारमा प्रधानमन्त्री ओली र देउवाबिच भेटवार्ता
-
कर्णालीले राज्यको मूल प्रवाहमा महत्त्वपूर्ण स्थान ओगटेको छ : मन्त्री ठकुरी
-
तीनकुनेमा दुर्गा प्रसाईंको गाडीभित्रबाट भिडियो खिच्ने पत्रकारलाई ५ हजार धरौटीमा छाड्न आदेश