दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता

काठमाडौँ । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ)ले सर्वोच्च अदालतले गरेको फैसला पुनरावलोकनका लागि दिएको निवेदन फिर्ता लिएका छन् ।
पुनरावलोकनका लागि निवेदन दिएको चार महिना नाघिसक्दा पनि पेसी चढ्ने तर हेर्न नमिल्ने हुन थालेपछि उनले निवेदन फिर्ताका लागि अपिल गरेका थिए ।
उक्त अपिलमा न्यायाधीशत्रय कुमार रेग्मी, हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासले मागबमोजिम हुने आदेश गरेको हो ।
सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता लिएर मनाङेले कैद सजाय कट्टा लगायत अन्य सेवासुविधा माग गर्दै प्रक्रिया अघि बढाउने तयारी गरेका छन् ।
ज्यान मार्ने उद्योगमा २०८१ कात्तिक २० गते सर्वोच्चले उच्च अदालत पाौनको आदेश सदर गर्दषे मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । उच्चले उनलाई ५ वर्ष कैदको फैसला सुनाएको थियो ।
मनाङले मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत कैद छुटको माग गर्दै जिल्ला अदालत काठमाडौँमा निवेदन दिएकोमा जिल्लाले फागुन २३ गते १ वर्ष कैद छुट दिने आदेश गरिसकेको छ ।
फैसला पुनरावदेनका लागि मनाङेको तर्फबाट २०८१ माघ १० गते सर्वीच्चमा निवेदन दर्ता भएको थियो । २०८१ फागुन १५ गते न्यायाधीशहरु हरिप्रसाद फुयाल, डा. नहकुल सुवेदी र सुनिल कुमार पोखरेल, चैत ७ गते हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा, नित्यानन्द पाण्डेय तथा गत वैशाख ४ गते डा.कुमार चुडाल, डा. नहकुल सुवेदी र तिल प्रसाद श्रेष्ठको इजलासमाथि तीनपटक उक्त निवेदनको पेसी तोकिएको थियो । तर तीनै पटक हेर्न नमिल्नेमा गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोनाल्डोमाथि खनिए समर्थक : कृपया क्लब छाडेर जाऊ, अब संन्यास घोषणा गर !
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
नव विवाहिता मृत्यु प्रकरणः माइती पक्षले लगायो हत्याको आरोप
-
बहराइनलाई हराउँदै तालिकाको पहिलो स्थानमा उक्लियो नेपाल
-
महालेखाले उठायो प्रिमियमको आइपीओ अनुमतिमाथि प्रश्न
-
सेयर बजारमा गिरावट, कारोबार निरन्तर घट्दै