साँफेहाटबजार आगलागीबाट प्रभावितलाई प्रदेश सरकारद्वारा १० लाख सहयोग घोषणा
शनिबार, १३ वैशाख २०८२, १७ : १६

कैलाली । अछामको साँफेहाटबजारमा आगलागी पीडितका लागि सुदूरपश्चिम प्रदेश सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार पत्रकार सम्मेलन गर्दै उक्त सहयोग घोषणा गरेका हुन्। उनले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै प्रदेश सरकारले राहत र पुनर्स्थापनाका लागि आवश्यक सम्पूर्ण पहल गर्ने प्रतिबद्धता जनाए।
‘आगलागीबाट भौतिक क्षति भएको छ। पीडितलाई तत्काल राहत दिन र पुनर्स्थापनाका काममा सहायता पुर्याउन प्रदेश सरकारले १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ,’ मुख्यमन्त्री शाहले भने।
उनले प्रदेश सरकार पीडितहरूसँग रहेको र आवश्यकताअनुसार थप सहयोगको व्यवस्था समेत गरिने बताए। स्थानीय प्रशासनमार्फत क्षतिको विस्तृत विवरण संकलन भइरहेको र राहत वितरण प्रक्रिया छिट्टै सुरु गरिने जानकारी पनि दिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वनमन्त्री शाही र भुटानका ऊर्जामन्त्री छिरिङबिच भेटवार्ता
-
समाजको बदलिँदो सांस्कृतिक छवि
-
हिमाली क्षेत्रका मुलुकहरूले चरम मौसमीय अवस्थाको सामना गरिरहेका छन् : वनमन्त्री शाही
-
टुँडिखेलमा साकेला नाच, तस्बिरमा हेर्नुहोस्
-
सगरमाथा संवाद : सहरीकरणको प्रमुख समस्या वायुप्रदूषण
-
उच्च रक्तचापसँग सम्बन्धित ५ भ्रमहरू