आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

रौतहटमा अपहरणपछि नाबालकको हत्या

सोमबार, २८ जेठ २०७५, १० : २०
सोमबार, २८ जेठ २०७५

रौतहट । रौतहटको कटहरिया नगरपालिका–९ डुुमरिया गाँउका दीलिप साहका १२ वर्षीय छोरा शनी देवल भनिने युवराज साहको अपहरणपछि हत्या भएको  छ ।

प्रहरीले जिल्लाको पूर्वीभेगमा रहेको गढिमाई नगरपालिकास्थित बागमती नदी किनारबाट शव बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक राम कुमार दानीका अनुसार शवको टाउकोमा चोट देखिएकाले लठ्ठी अथवा काठले टाउकोमा हानेर हत्या गरीएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुुमान रहेको छ ।

अपहरण तथा हत्यामा संलग्न रहेका ५ जना स्थानीयलाई पक्राउ गरिसकेको डिएसपी दानीले बताए ।

उनीहरुकै बयानको आधारमा नाबालकको शव बरामद गरिएको डिएसपी दानीको भनाई थियो ।

हत्याको कारण भने अझै खुुल्न नसकेको तथा घटनाबारे अनुुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ ।

परिवारका अनुसार शनिवार राती मृतक साह खान खाएर आफनै कोठामा सुुतिरहेका थिए ।

आइतबार बिहान निरञ्जन साह मोबाइल खाज्दै भाई सुुतेको कोठामा जाँदा मोबाइलसँगै युवराज बेपता भएको थाहा पाएका थिए ।

घटनास्थल जिल्ला सदरमुुकाम कटहरियाबाट झण्डै ३५ किलोमिटर उत्तर–पश्चिममा पर्दछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप