काठमाडौँ । वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथलाई सोमबार १५ गते विधिवत् रूपमा रथारोहण गरेर यस वर्षको रातो मछिन्द्रनाथको जात्रा सुरु गरिएको छ ।
मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको तःबहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्याएर बिराजमान आज बिहिबार राति मछिन्द्रनाथको रथ तनी जात्रा सुरु गरिएको छ । मछिन्द्रनाथको रथलाई आज पुल्चोकबाट गाःबहाल पुर्याइएको छ ।
हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा देशकै लामो रथ जात्रा हो । रातो मच्छिन्द्रनाथको जात्रा विभिन्न किंवदन्तीमा आधारित छ । वैशाख शुक्ल प्रतिपदाको दिन रथ तानेर सुरु हुने जात्रा असार चौथीमा राष्ट्र प्रमुखबाट भोटो देखाएर विधिवत रुपमा समापन हुने गर्छ ।
भोटो देखाउने परम्परामा पनि विभिन्न किंवदन्ती जोडिएका छन् । त्यसैले यसलाई भोटो जात्रा पनि भन्ने गरिन्छ ।
_TPxCuBNpka.jpg)
_TnuBvtoFY5.jpg)
_w3ZIlxYtae.jpg)
_FGZe1L1PUn.jpg)
_e283ahKPFe.jpg)
_Qatrvjvap5.jpg)
_BelMqXLVzH.jpg)
_DYxxjHd3Xd.jpg)
_VtNpbMbOsj.jpg)
_lC0NcGCL5z.jpg)
_ImTbuqv7Il.jpg)
_rJIAyTQwlC.jpg)
_vhE7Rt1cew.jpg)
_CdmP97DCLC.jpg)
_tyZ5tOHFUr.jpg)
_Bg5MyPgJzZ.jpg)
_nCTnLI0b1w.jpg)
_spYkPTXdhe.jpg)
_lvaNDkq1Ii.jpg)
_c5M79vWXW4.jpg)
प्रतिक्रिया