सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय
रातो मच्छिन्द्रनाथ रथ जात्रा सुरू (तस्बिरहरू)
फोटो फिचर

रातो मच्छिन्द्रनाथ रथ जात्रा सुरू (तस्बिरहरू)

बिहीबार, १८ वैशाख २०८२

काठमाडौँ । वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथलाई सोमबार १५ गते विधिवत् रूपमा रथारोहण गरेर यस वर्षको रातो मछिन्द्रनाथको जात्रा सुरु गरिएको छ ।

मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको तःबहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्‍याएर बिराजमान आज बिहिबार राति मछिन्द्रनाथको रथ तनी जात्रा सुरु गरिएको छ । मछिन्द्रनाथको रथलाई आज पुल्चोकबाट गाःबहाल पुर्‍याइएको छ । 

हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा देशकै लामो रथ जात्रा हो । रातो मच्छिन्द्रनाथको जात्रा विभिन्न किंवदन्तीमा आधारित छ । वैशाख शुक्ल प्रतिपदाको दिन रथ तानेर सुरु हुने जात्रा असार चौथीमा राष्ट्र प्रमुखबाट भोटो देखाएर विधिवत रुपमा समापन हुने गर्छ ।

भोटो देखाउने परम्परामा पनि विभिन्न किंवदन्ती जोडिएका छन् । त्यसैले यसलाई भोटो जात्रा पनि भन्ने गरिन्छ ।

rato machhindranath (1)rato machhindranath (2)rato machhindranath (3)rato machhindranath (4)rato machhindranath (5)rato machhindranath (6)rato machhindranath (7)rato machhindranath (8)rato machhindranath (9)rato machhindranath (10)rato machhindranath (11)rato machhindranath (12)rato machhindranath (13)rato machhindranath (14)rato machhindranath (15)rato machhindranath (16)rato machhindranath (17)rato machhindranath (18)rato machhindranath (19)rato machhindranath (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया