जलवायु परिवर्तनलाई सम्बोधन गर्न नेपाललाई विश्वकै साथ चाहिन्छ : उपराष्ट्रपति यादव
कीर्तिपुर । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले जलवायु परिवर्तनको असरलाई सम्बोधन गरी प्रभाकारी कार्यान्वयनमा जान नेपालले अन्तर्राष्ट्रिय स्तरबाटै साथ पाउनुपर्ने बताएका छन् ।
जलवायु परिवर्तनमा नेपालले आफूले नगरेको गल्तीको सजाय भोग्नुपर्ने स्थिति रहेको उपराष्ट्रपति यादवले बताए । जलवायु परिवर्तनका गम्भीर असर देखिन थालेको उल्लेख गर्दै उनले भने, ‘तराईमा पानीका स्रोतहरू सुक्दै छन् र नेपालसहित नदीका तल्लो तटीय क्षेत्रका करिब दुई अर्ब जनता जलवायु परिवर्तनबाट प्रत्यक्ष रूपमा प्रभावित हुने देखिएको छ ।’
नेपालले सन् २०४५ सम्ममा कार्बन उत्सर्जनलाई शून्यमा झार्न प्रतिबद्धता गरेको स्मरण गर्दै उपराष्ट्रपति यादवले यसका लागि विश्व समुदायबाट वित्तीय र भौतिक सहयोग आवश्यक भएको बताए ।
कायममुकायम प्रधानन्यायाधीश सपना मल्ल प्रधानले जलवायु परिवर्तन अब न्यायिक मुद्दा बन्न पुगेको बताए । ‘सगरमाथा क्षेत्रको फोहोर तथा शव व्यवस्थापन सम्बन्धीलगायत पटक पटकका फैसलामार्फत न्यायालयले जलवायु परिवर्तनप्रति आफ्नो संवेदनशीलता प्रकट गरेको छ । आजको प्रश्न जलवायु परिवर्तनको जोखिमबाट सीमान्तकृत वर्गलाई कसरी न्याय दिने भन्ने रहेको छ’ उनले भने ।
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले जलवायु परिवर्तनका कारण नेपालको विकास लक्ष्य प्राप्तिमा प्रतिकूल असर परिरहेको बताए । यसलाई सम्बोधन गर्न नेपालले कार्बन नियमावली २०८२ ल्याउने तयारी गरिरहेको उनले जानकारी दिए । सरकारले जलवायु परिवर्तनबारे विश्वकै ध्यानाकर्षण गर्न ‘सगरमाथा संवाद’ आयोजना गरेको र यसलाई सफल पार्न मन्त्री शाहीले आग्रह गरे ।
नेपालका लागि राष्ट्रसङ्घीय प्रतिनिधि हाना सिङ्गर हम्दीले हिमालको काखमा रहेको नेपालले जलवायु परिवर्तनको असरसम्बन्धी न्याय सबभन्दा पहिले पाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण