सामाजिक सञ्जालमार्फत भइरहेको गलत सूचना नियन्त्रण गर्ने कानुन तत्काल ल्याउन मुख्यमन्त्री कार्कीको आग्रह

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामाजिक सञ्जालमार्फत भइरहेको गलत सूचना प्रवाह र व्यक्तिगत चरित्र हत्या नियन्त्रण गर्नका लागि सङ्घीय सरकारलाई चाँडै कानुन ल्याउन आग्रह गरेका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शनिबार विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारको प्रयोग संविधान र कानुनको दायराभित्र रहनुपर्ने समेत बताए ।
उनले सामाजिक सञ्जालमा भइरहेको चरित्र हत्या र दोषारोपणले सामाजिक सद्भाव र सहिष्णुता खल्बलिएको हुनाले सामाजिक सञ्जालसम्बन्धी कानुन अत्यावश्यक रहेको धारणा राखे ।
नेपाल पत्रकार महासङ्घ मोरङले आयोजना गरेको कार्यक्रममा १ लाख रुपैयाँ राशिको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार पत्रकार किशोर बुढाथोकीलाई प्रदान गरिएको छ भने २५ हजार रुपैयाँ राशिको प्रोत्साहन पुरस्कार झापाका पत्रकार सुरेन्द्र भण्डारीलाई प्रदान गरिएको छ । कार्यक्रममा ६० वर्ष नाघेका वरिष्ठ पत्रकार यज्ञ शर्मालाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसहित चार वायु थप सक्रिय : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
इरानमा बढ्दो तनावका कारण अस्ट्रेलियाले तेहरानस्थित दूतावास बन्द गर्यो