सिन्धु सम्झौता उल्लंघन गरे भारतमाथि आक्रमण गर्ने पाकिस्तानी रक्षामन्त्रीको चेतावनी
इस्लामाबाद । पहलगाम हमलापछि भारत र पाकिस्तानबिच तनाव बढिरहेका बेला पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले शुक्रबार भारतमाथि आक्रमण गर्ने धम्की दिएका छन्।
जियो न्यूजको रिपोर्ट अनुसार आसिफले यदि भारतले सिन्धु सम्झौताको उल्लंघन गर्छ र सिन्धु नदीमा बाँध बनाउँछ भने पाकिस्तानले भारतमाथि आक्रमण गर्ने चेतावनी दिएका हुन् ।
यसैबिच, भारतीय सेनाले मे २-३ को राति पाकिस्तानी सेनाले जम्मू कश्मीरको कुपवाडा, उरी र अखनूर क्षेत्रमा नियन्त्रण रेखा पार गरी गोलीबारी गरेको आरोप लगाएको छ । दुवैतर्फबाट लगातार नवौँ दिन गोलाबारी भइरहेको छ।
यता, पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरारको एक्स खाता पनि भारतमा ब्लक गरिएको छ। केही दिनअघि तरारले पाकिस्तानमाथि भारतीय आक्रमण भएको दाबी गरेका थिए।
यसअघि शुक्रबार भारतले पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरिफको आधिकारिक युट्युब च्यानल र इन्स्टाग्राम खाता ब्लक गरेको थियो।
अप्रिल २२ मा पहलगामको बैसरन उपत्यकामा आतंककारी गोलीबारीमा २६ पर्यटकको मृत्यु भएको थियो। त्यस बेलादेखि भारत र पाकिस्तानबिच तनावको अवस्था छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण