सदनमा गलत बोल्नेलाई तत्काल प्रतिवाद गर्न प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौँ । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अोलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम सही छ भनी ढुक्कका साथ भन्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् । शनिबार बालुवाटारमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सो निर्देशन दिएका हुन् ।
ओलीले विपक्षीको काम नै विरोध गर्ने भएको बताउँदै सत्य भए पनि विरोध गर्ने, असत्य पनि विरोध गर्ने काम उनीहरूले गरेको दाबी गरे । नीति तथा कार्यक्रमको एउटा पनि बुँदालाई उनीहरूले (विपक्षी) राम्रो नभनेको दाबी गर्दै प्रधानमन्त्री ओलीले सदनमा कसैले गलत बोले भने त्यसलाई रेकर्डबाट हटाउन नभन्ने धारणा राखे ।
‘केही गलत कुरा बोल्यो कि रेकर्डबाट हटाउने माग गर्न थालिहाल्छन् त्यो गलत हो, गलत बोलेको कुरा पनि रेकर्डमा रहनुपर्छ किनभने पछिको पुस्ताले पनि थाहा पाओस् कि हाम्रा पुर्खाले के बोलेको थिए’ उनले भने । प्रधानमन्त्री ओलीले संसदमा आफ्नो कुरा अध्ययन गरेर प्रस्ट रुपमा कुरा राख्न समेत सांसदहरूलाई आग्रह गरे ।
एमालेको संसदीय दल आकारको हिसाबले मात्र ठुलो होइन, विचार र मुद्दाको हिसाबले समेत ठुलो रहेको बताउँदै उनले संसदमा बोल्नका लागि बुँदाहरू लेखेर जान पनि आग्रह गरे । ‘बुँदा लिएर गएमा कुनै कुरा छुट्दैन, ती बुँदालाई मज्जाले व्याख्या गर्न सजिलो हुन्छ’ उनले भने, ‘संसदमा तत्काल उठ्ने गलत कुरालाई प्रतिवाद गर्न पनि तयारीका साथ बोल्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले पारित गरे साउदीले युरेनियम प्रशोधन गर्न सक्ने आणविक सम्झौता
-
बागमती एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउँदै
-
‘ठुलो मेहनतपछि कार्गो रेल आयो, यसलाई निरन्तरता दिनुपर्छ’
-
कार्गो रेलको व्यावसायिक सुरुवात र निरन्तरताको चुनौती
-
इरान सङ्कट समाधानका लागि अमेरिका अझै वार्तामा तयार: रुबियो
-
टोकियोले पुरुषहरूलाई कार्यालयमा हाफपाइन्ट्स लगाउन प्रोत्साहित गर्यो, समकक्षी महिला दिक्क
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण