आइतबार, २१ वैशाख २०८२
ताजा लोकप्रिय

दोलखाको भीमेश्वर नगरपालिकामा ‘सोक्ला रक क्लाइम्बिङ महोत्सव’ सुरु (तस्बिरहरु)

शनिबार, २० वैशाख २०८२, १५ : ३२
शनिबार, २० वैशाख २०८२

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकामा ‘सोक्ला रक क्लाइम्बिङ महोत्सव’ सुरु भएको छ । शनिबार प्रदेशसभा क्षेत्र नम्बर २ का सांसद भरत केसीले एक समारोहका बिच रक क्लाइम्बिङ महोत्सवको उद्घाटन गरेका हुन् ।

494918860_9678872298854932_784341123255674221_n

महोत्सव दुई दिन सम्म चल्नेछ । महोत्सवले साहसिक खेलको प्रवर्द्धन गर्नुका साथै समृद्ध दोलखा निर्माणमा कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ। भीमेश्वर नगरपालिका– २ स्थित सोक्लामा रहेको सो पर्यटकीय गन्तव्य चर्चित भीमेश्वर मन्दिर नजिकै रहेको छ ।

494883023_9678873708854791_3771838169690039059_n

केही वर्षअघि देखि त्यहाँ रक क्लाइम्बिङको अभ्यास हुँदै आएको थियो । महोत्सवसँगै अब त्यहाँ व्यावसायिक रूपमै रक क्लाइम्बिङको सुरुवात हुने अपेक्षा गरिएको छ ।  उद्घाटन कार्यक्रम स्थानीय सांस्कृतिक झाँकीहरू समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा विभिन्न दलका स्थानीय नेता, जनप्रतिनिधि र सर्वसाधारणको उपस्थिति रहेको थियो । 

495067641_9678870512188444_5763557210181047273_n495332764_9678871392188356_3604166712487808020_n495367194_9678869555521873_3341811235925801956_n495370419_9678871155521713_6223254555771944132_n495376041_9678871618855000_3994279960973734379_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप