प्रधानमन्त्री ओलीले भने– ‘हाम्रो कसैप्रति झुकाव हुँदैन, कसैसँग संलग्न हुँदैनौ’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानजनक र लाभदायी अन्तर्राष्ट्रिय सम्बन्ध बनाएर अगाडि बढ्ने बताएका छन् । शनिवार बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
नेपालले युएनलाई आत्मसात् गरेर अन्तर्राष्ट्रिय नीति अगाडि बढाउने समेत प्रधानमन्त्री ओलीले बताए । युएनको बडापत्र, मानवअधिकार घोषणापत्र, समानता तथा राष्ट्रिय हितका लागि अन्तर्राष्ट्रिय सम्झौताहरूलाई आत्मसात् गर्ने उनले बताए । राष्ट्रिय हितलाई केन्द्रमा राखेर सबैसँग समान सम्बन्ध राख्ने उल्लेख गर्दै उनले भने, ‘हाम्रा बाहिरी र आन्तरिक नीतिहरू सुस्पष्ट र सही छन् ।’
नेपालले असंलग्न परराष्ट्र नीति अँगाल्दै आएको बताउँदै उनले असंलग्न आन्दोलनका सिद्धान्तहरूलाई मानेर अगाडि बढिरहेको पनि बताए । उनले भने, ‘हाम्रो कसैप्रति झुकाव हुँदैन, हामी कसैसँग संलग्न हुँदैनौ, हामी कुनै सैन्य गठबन्धनमा सामेल हुँदैनौ ।’
एमाले संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीले वादविवाद वा कुनै पनि प्रकारको तनाव भएमा कसैप्रति ढल्किने भन्दा तटस्थ ढङ्गले वार्ताद्वारा समस्याको समाधान होस् भन्ने ढङ्गले अगाडि बढ्ने आकाङ्क्षा राखेको बताए । ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने नेपालको नीति रहेको बताउँदै प्रधानमन्त्री ओलीले यी सबै कुरामा आफ्नो पार्टी स्पष्ट रहेको बताए । उनले भने, ‘हाम्रो अधार पोलिसी यिनै हुन् ।’
अहिले कसैको तनावमा सामेल नहुने स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले सबैसँग समान मित्रवत् व्यवहार गरेर अगाडि बढ्ने बताए ।
‘देशको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई सर्वमान्य मानी मानवतावादी दृष्टिकोणलाई आत्मसात् गरी अगाडि बढ्नुपर्छ’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण