प्रिसा साह मृत्यु प्रकरण : कीट विश्वविद्यालयद्वारा दुःख व्यक्त
काठमाडौँ । भारतको ओडिशा राज्यस्थित कीट विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साहले बिहीबार राति आत्महत्या गरेकी छन् ।
विश्वविद्यालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति समवेदना जनाएको छ ।
विज्ञप्ति अनुसार बीटेक पहिलो वर्षको कम्प्युटर साइन्स पढ्दै गरेकी नेपाली छात्रा आफ्नै छात्रावासको कोठामा मृत अवस्थामा फेला परेकी हुन् । घटना थाहा पाएलगत्तै छात्रावास प्रशासनले स्थानीय प्रहरीलाई खबर गरेको थियो ।
प्रहरीको उपस्थितिमा शव निकालिएको थियो र तत्कालतै किम्स अस्पताल लगिएको थियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए । त्यसपछि थप प्रक्रिया पूरा गर्न शवलाई एआईआईएमएस भुवनेश्वर लगिएको जानकारी विज्ञप्तिमा उल्लेख छ ।
घटनाको जानकारी पाएलगत्तै वरिष्ठ प्रहरी अधिकारीहरू र फोरेन्सिक टोली घटनास्थलमा पुगेका थिए र प्रारम्भिक अनुसन्धान सुरु गरेका थिए । विश्वविद्यालय प्रशासनले मृतक छात्राको परिवारलाई तुरुन्तै जानकारी गराएको र अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको जनाएको छ ।
कीट विश्वविद्यालयले यो अपूरणीय क्षतिप्रति गहिरो शोक व्यक्त गर्दै मृतक छात्राको परिवार, साथीभाइ तथा सम्पूर्ण नेपाली विद्यार्थी समुदायसँग ऐक्यबद्धता जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण