लागूऔषध र युवतीसहित खाजाघरका संचालक पक्राउ
मङ्गलबार, २९ जेठ २०७५, ०७ : ३४
भक्तपुर - महानगरिय प्रहरी परिसर भक्तपुरले लागूऔषध गाँजा र युवतीसहित खाजाघर संचालकलाई पक्राउ गरेको छ ।
सोमबार भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका वडा नम्बर ४ चारदोबाटोमा रहेको गगनचुम्बी खाजा घरका संचालक मोरङ रतुवामाई नगरपालिका- ५ (साविक गोविन्दपुर गाविस-४) का शंकर राउतलाई पक्राउ गरेको हो ।
राउतको खाजा घरमा युवतीहरु राखी अनैतिक क्रियाकलाप हुन्छ भन्ने सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा चार जना युवती समेत पक्राउ परेको महानगरीय प्रहरी परिसर भक्तपुरले रातोपाटीलाई जानकारी दियो ।
प्रहरी उक्त खाजाघरबाट विभिन्न ब्राण्डका कण्डमहरु, ४ युवती र २ सय १० ग्राम गाँजा बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
यसबारेमा थप अनुसन्धान कार्य भइरहेको प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी प्रहरी निरीक्षक सुशिल पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण