आँखा चिम्लिएर अहिलेको संविधानलाई समर्थन गर्न सक्दैनौँ: पूर्वप्रधानमन्त्री खनाल
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले निर्वाचन नै पार्टीको लक्ष्य नहुने बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै खनालले भने, ‘हामीले गरेको संघर्षकै कारणले हामीले यो २०७२ सालमा जुन संविधान बनायौँ । त्यो संविधानको धारा ३ मा हामीले एउटा महत्त्वपूर्ण कुरा राखेका छौँ । यो संविधान पुँजीवादी संविधान हो । यो पुँजीवादलाई सम्पूर्ण कुरा आँखा चिम्लिएर समर्थन गर्न सक्दै सक्दैनौँ । यसलाई हामी आलोचनात्मक रूपमा हेर्छौँ ।’
उनले निर्वाचन आउने कुराहरू कार्यनीति लक्ष्यहरू मात्रै भएको र आफ्नो पार्टीको लक्ष्य चुनाव मात्रै नरहेको बताए । तर निर्वाचनमा बढीभन्दा बढी सिट आफ्नो दलका प्रतिनिधिहरूलाई जिताउन सके संसद्मा गएर पनि नौटङ्की सरकारको भण्डाफोर गर्न सकिने बताए ।
पूर्वप्रधानमन्त्री खनालले भने, ‘चुनाव आउलान्, ती कार्यनीति लक्ष्यहरू हुन् । चुनाव नै हाम्रो लक्ष्य हुँदैन । तर चुनावमा बढी भन्दा बढी हाम्रा प्रतिनिधिहरूलाई जिताउन सक्यौँ भने त्यो संसद्मा गएर पनि हामी यो नौटङ्की सरकारको भण्डाफोर गर्न सक्छौँ । र जनताका आवाजहरू त्यहाँ बुलन्द गर्न सक्छौँ । बहुमत ल्यायौँ भने हामी जनताको हितमा नीति र कार्यक्रम ल्याएर हामी लागू गर्न सक्छौँ । जस्तो हिजो नीति र कार्यक्रम आयो, नौटङ्की मात्रै छ । खालि बोलिने कुरा मात्रै छन् त्यहाँ । तर गरिने कुराहरू बहुतै कम छन् । त्यसो हुनाले हामीले बोलिने पनि र गरिने पनि काम गर्नको लागि हामीले बहुमत ल्याउने प्रयत्न पनि गर्नुपर्छ । त्यसो गरेर मात्रै समस्यालाई बिस्तारै बिस्तारै समाधान गरेर अघि बढाउन सक्छौँ ।’
पूर्वप्रधानमन्त्री खनालले राष्ट्रलाई एकताबद्ध गर्न जरुरी रहेको उल्लेख गरे । उनले वैज्ञानिक समाजवादले मात्रै नेपालमा अहिलेका समस्या समाधान गर्ने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण