आजका पत्रपत्रिकाका सम्पादकीय : 'विज्ञानको विरोधी सरकार'
नेपाल प्रहरी र सशस्त्र प्रहरीमा अतिरिक्त महानिरिक्षक एआईजी को पदसंख्या कटौती गर्ने सरकारको निर्णय सरहानीय छ ।
सरकारको यो निर्णयबाट बिनाअध्ययन रानीतिक भागबण्डा वा कुनै निश्चित व्यक्ति च्याप्ने नियतले जथाभावी एआईजी पद सिर्जना गर्ने प्रवृत्तिमा क्रमभंग भएको छ ।, आजको कान्तिपुर दैनिकमा 'एआईजी कटौती सरहानीय' शिर्षकमा सम्पादकीय छापिएको छ ।
पछिल्लो दिनमा ११ र १२ को पाठ्यक्रम परिवर्तनमा देखिएको अपारदर्शी खेलले शिक्षाको गुणस्तरप्रति मुलुकमा चिन्ता उत्पन्न भएको छ ।
देशमा शक्तिशाली सरकार स्थापना हुनुको अर्थ शिक्षाको गुणस्तरमा घात गर्ने भन्ने होईन ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेललको अध्यक्षतामा बसेको पाठ्यक्रम विकास केन्द्रको बैठकले जेठ १८ मा पारित गरेको राष्ट्रिय पाठ्क्रयम प्रारुप २०७५ ले विज्ञानको कोर विषयमा गणितलाई हटाउने निर्णय गरेको छ ।,आजको नागरिक दैनिकमा 'विज्ञानको विरोधी सरकार' शिर्षकमा सम्पादकीय छ ।
यस्तै, सम्म देशका नीतिनिर्माताहरु देशमा पर्यटकको संख्या कसरी बढाउने भन्ने आधारभुत कुरामै अल्झिरहनु देशका लागि दुभाग्र्यकै विषय बनेको छ ।
जवकी नेपालभन्दा धेरै पछि गएर पर्यटनमा हात हालेका र यहाँभन्दा कम मात्रा पर्यटकीय उत्पादन भएका देशहरुले समेत अहिले लाखैँ पर्यटक भित्र्याएर करौडौँ अमेरिकी डलरबराबरका आम्दानी गरिरहेका छन् ।, आजको कारोवारमा 'शोधनान्तरको कहालीलाग्दो संकेत' शिर्षकमा सम्पादकीय छ ।
र, अहिले सबैतिर समृद्धि र विकासको चर्चाले बजार पिटेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हरेक सार्वजनिक सभा, समारोहमा समृद्धि, विकास, देशलाई धनी बनाउनेजस्ता अभिव्यक्तिले आम जनतालाई मुलुक त्यस दिशातर्फ अघि बढिरहेको आभाष दिलाउन खोजेको प्रतीत हुन्छ । तर समृद्धि के हो ? समृद्धि कसरी आउँछ ? नेपालजस्तो देशमा विकासको मोडेल कस्तो हुने ? अहिलेसम्म पनि सरकारले स्पष्टरूपमा जनतालाई बताउन सकेको छैन ।
सिद्धान्ततः विकास एउटा बहुआयामिक अवधारणा हो । आर्थिक, सामाजिक, राजनीतिक शिक्षा, स्वास्थ्य, आर्थिक, सांस्कृतिकको समग्र उन्नतस्तर हुनु विकासको परिभाषाभित्र पर्दछ ।,, आजको नेपाल समाचारपत्र 'विकासको खाका खोइ ?' शिर्षकमा सम्पादकीय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण