रिले अनसनमा ऐक्यबद्धता जनाउन पुगे नवराज सुवेदी

ललितपुर । रवीन्द्र मिश्र लगायत आस्थाका बन्दीहरूको बिना सर्त रिहाइ माग गर्दै जारी रहेको रिले अनसनमा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले ऐक्यबद्धता जनाएका छन् । रिले अनसन प्रति समर्थन जनाउन संयोजक सुवेदी शनिबार जावलाखेल पुगेका हुन् ।
रिले अनसनका सहभागीलाई सुवेदीले भेटेर आस्थाका बन्दीहरूको रिहाइ हुनुपर्दछ, मानव अधिकारको सम्मान र प्रत्याभूति हुनुपर्दछ भन्दै ऐक्यबद्धता जनाए ।
आस्थाका बन्दी रिहाइ गर्नुपर्ने, मानव अधिकारको सम्मान गर्नुपर्ने, हिन्दु अधिराज्य कायम गर्नुपर्ने, राजसंस्था पुनर्स्थापना गर्नुपर्ने लगायतका अनसनकारीहरूको माग छ। यसैगरी अनसनमा तीनकुने घटनामा मारिएका सुरेश रजक र सविन महर्जन प्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारमा समवेदना प्रकट गरिएको छ ।
रिले अनसन शनिबार दोस्रो दिनमा प्रवेश गरेको छ । आयोजकले जनाए अनुसार, सरकारले झुटा मुद्दामा थुनामा राखेको आस्थाका बन्दी नछुटेसम्म अनसन जारी रहने छ ।
झुटा मुद्दामा सरकारले राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र लगायतलाई फसाउन खोजेको अनसनकारीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर महिला राष्ट्रिय गोल्डकप : रौतहटलाई हराउँदै पुलिस सेमिफाइनलमा
-
कर्णालीमा बजेट अधिवेशन वैशाख २८ गतेदेखि सुरू हुने
-
विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफल सकियो, प्रतिवेदन लेख्न थप समय माग्ने
-
एपीएफलाई हराउँदै पुलिस फाइनलमा, उपाधिका लागि इरानी टोलीसँग खेल्ने
-
ढुवानी व्यवसाय डिजिटल र प्रविधि मैत्री बनाउने तयारीमा ट्रक व्यवसायी
-
स्वास्थ्य उपचारका लागि अमेरिका जाँदै कर्णाली प्रदेश प्रमुख