परिवारै मिलेर सहकारीको २ करोड ठगी, तत्कालीन अध्यक्ष पक्राउ
झापा । दुई करोडभन्दा बढी रकम हिनामिना गरी विगत दुई वर्षदेखि फरार रहेका पताल गङ्गा बचत तथा ऋण सहकारी संस्था बिर्तामोडका तत्कालीन अध्यक्ष रेवती खनाल पक्राउ परेका छन् ।
उनीसहित परिवारका पाँच जना मिलेर बचतकर्ताको दुई करोड ६ लाख ८ हजार ३८३ रुपैयाँ हिनामिना गरेको उनलाई आरोप छ । खनाललाई प्रहरीले गत बिहीबार कैलालीको धनगढीबाट पक्राउ गरेको हो । झापा भद्रपुर नगरपालिका घर भ ई हाल बिर्तामोड नगरपालिका ४ मा डेरा गरी बस्दै आएका ४१ वर्षीय खनाल फरार थिए । जिल्ला प्रहरी कार्यालय धनगढी कैलालीबाट पक्राउ परेका उनलाई शुक्रबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा उपस्थित गराइएको छ ।
पताल गङ्गा बचत तथा ऋण सहकारी संस्थाका तत्कालीन उपाध्यक्ष टंकप्रसाद भेटवालले २०७८ कात्तिक १६ गते २ करोड ६ लाख ८ हजार ३८३ रुपैयाँ बिगो कायम गरी खनालविरुद्ध जाहेरी दिएका थिए ।
उनका विरुद्धमा जिल्ला सरकारी वकिल कार्यालयमा २०७१ कात्तिक ४ गते मिसिल पेस भएको थियो । अदालतबाट भने २०७९ मङ्सिर १४ गते म्याद जारी भएको थियो । अदालतबाट म्याद जारी भएपछि अध्यक्ष खनालकी बहिनी ३६ वर्षीया गोमा खनाल (भण्डारी) २०७९ कात्तिक २५ गते पक्राउ परेकी थिइन् । अनुसन्धानपश्चात् अदालतको आदेशले १ लाख ५० हजार रुपैयाँ धरौटी राखेर उनी तारेखमा छुटेकी थिइन् ।
त्यस्तै खनालका मामा ससुरा बिर्तामोड घर भई हाल भद्रपुर नगरपालिका वडा नं ८ बस्ने ५१ वर्षीय अनन्त जीवन लुइँटेल पनि अदालतमा आफैँ उपस्थित भई ७५ हजार रुपैयाँ धरौटी राखेर छुटेका छन् । तर खनालकी श्रीमती ४४ वर्षीया कमलादेवी भट्टराई (खनाल) र खनालका भाइ ३६ वर्षीय सिताराम खनाल हालसम्म फरार छन् ।
पक्राउ परेका खनाललाई भने आइतबार जिल्ला अदालत झापामा बुझाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
-
रेडक्रसमा भण्डारीको नेतृत्वमा नौ सदस्यीय तदर्थ समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण