विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफल सकियो, प्रतिवेदन लेख्न थप समय माग्ने
काठमाडौँ । संसद्को शिक्षा समितिअन्तर्गतको उपमसमितिले विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफल सकेको छ ।
आइतबारको अन्तिम बैठकमा उपसमितिले दफावार सकेको हो । अब प्रतिवेदन लेख्नका लागि समय लाग्ने भएकाले शिक्षा समितिमा समय माग गर्दै शिक्षा समिति सचिव दरशथ धमलाले जानकारी दिए ।
शिक्षा समिति सचिवालयले प्रतिवेदन लेखन गर्ने र त्यसपछि उपसमितिमा पास गरेपछि शिक्षा समितिमा पेश गरिने सचिव धमलाले बताए ।
प्रतिवेदन लेख्न र समितिमा पेश गर्न समय अभाव भएकाले भोलीको बैठकमा थप समय माग गर्ने निर्णय गरेको सचिव धमलाले बताए ।
३५ दिनको समयसिमा पाएको उपसमितिमा ३९ वटा बैठक बसेको थियो । उपसमितिले दफावार छलफलपछि कुनै पनि विषयमा असहमति नराखिएको र सबै विषयमा सहमती जुटेको सचिव धमलाले बताए ।
‘आज अन्तिम बैठकले विधेयकमाथिको दफावार छलफल सकाएको छ । प्रतिवेदन लेख्न बाँकी छ । त्यसका लागि केही दिन समय लाग्छ । भोली बस्ने शिक्षा समितिको बैठकमा थप समय माग गर्ने निर्णय भएको छ । प्रतिवेदन लेखेपछि उपसमितिमै पेश गरेर पारित गरेपछि समितिमा पेश गरिनेछ । त्यसका लागि करिब १० दिन जति समय लाग्न सक्छ,’ धमलाले भने ।
१६३ दफा रहेको विधेयकमा एक हजार ७५८ वटा संशोधन परेका थिए । समितिले साथै प्रदेशमा गएर सात वटा प्रतिवेदन समेत बनाएको थियो ।
विधेयक, संशोधन प्रस्ताव, प्रतिवेदन र विज्ञहरूको सुझावलाई आधार बनाएर उपसमितिले दफावार छलफल गरेको थियो ।
नेपाल शिक्षक महासंघसँग असार १५ गतेभित्र प्रतिनिधिसभा बैठकमा पेश गर्नेगरी सहमति भएको छ । सोही अनुसार शिक्षा समिति सभापति अम्मर बहादुर थापा, नेपाली कांग्रेस र नेकपा एमालेका मुख्य सचेतकतहरूले असार १५ गतेभित्र विधेयक पास गर्ने प्रतिबद्धता जनाएका थिए ।
उनीहरूको प्रतिबद्धतापछि शिक्षकहरूले सडक आन्दोलन र शैक्षिक हड्ताल २९ औं दिनमा स्थगित गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण