एमालेसँगको सत्ता संयन्त्र तोड्नुपर्छ : शेखर कोइराला
नवलपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेकपा एमालेसँगको सत्ता संयोजन (गठबन्धन) तत्काल तोड्नुपर्ने बताएका छन्। नवलपुरको डन्डामा नेपाल थारु सङ्घ नवलपुरको प्रथम अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले वर्तमान संयोजनले मुलुकलाई ‘एमालेकरण’ तर्फ धकेल्दै लोकतान्त्रिक मूल्य र संविधानको मर्मलाई गम्भीर क्षति पुर्याइरहेको आरोप लगाए। डा.कोइरालाले संविधान संशोधनजस्तो गम्भीर विषयमा कांग्रेस–एमाले मात्र मिलेर अघि बढ्नु लोकतान्त्रिक प्रक्रिया नभएको स्पष्ट पारे।
उनले माओवादी केन्द्र, मधेसवादी दलहरू, राप्रपा, रास्वपा लगायत सबै दलहरूको सहमति विना संविधानमा परिवर्तन गर्नु लोकतन्त्रको आत्मविपरीत हुने बताए । सरकारले संसदलाई छल्दै सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याउने तयारी गरेको भन्दै उनले गम्भीर चिन्ता व्यक्त गरे। सरोकारवालासँग छलफल विना विधेयक ल्याउनु अभिव्यक्ति स्वतन्त्रतामाथि खतरा भएको उनको भनाइ थियो।
बारम्बार अध्यादेशमार्फत शासन गर्ने प्रवृत्ति असंवैधानिक र अधिनायकवादी सोचको उपज भएको उनले बताए। साथै केन्द्र सरकारले प्रदेश सरकारहरूमा अनावश्यक हस्तक्षेप गरेको आरोप लगाउँदै निजामती, शिक्षा र प्रहरीसम्बन्धी कानुनहरू सङ्घीयताको मर्म विपरीत निर्माण भइरहेकामा गम्भीर असन्तोष व्यक्त गरे।
‘सत्ताका लागि जे पनि गर्न तयार, सिद्धान्तविहीन गठबन्धन कांग्रेसका लागि दीर्घकालीन रूपमा घातक छ,’ भन्दै उनले पार्टी नेतृत्वलाई जनतामुखी नीति, पारदर्शिता र राजनीतिक शुद्धताको बाटो समात्न सुझाव दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण