ढुवानी व्यवसाय डिजिटल र प्रविधि मैत्री बनाउने तयारीमा ट्रक व्यवसायी
काठमाडौँ । ट्रक यातायात व्यवसायी महासङ्घले ढुवानी व्यवसायलाई प्रविधि र डिजिटल मैत्री बनाउने तयारी गरेको छ । महासङ्घले देशभरको ढुवानी व्यवसायलाई डिटिललाइज,प्रविधि मैत्री सम्पर्क,पारदर्शितामार्फत ट्रक व्यवसायमा सुधार गर्ने योजना बनाएको छ ।
उक्त योजना अनुरूप महासङ्घले व्यवसायीहरूलाई प्रविधि प्रयोगलाई विस्तार गर्ने प्रशिक्षण दिएको छ । महासङ्घले ट्रक ढुवानी क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम सञ्चालन नै गरेको छ ।
महासङ्घले सर्लाहीदेखि पूर्वसम्मका विभिन्न ट्रक व्यवसायी सङ्घसंस्थाका पदाधिकारीसहित १०० भन्दा बढीलाई ढुवानी क्षेत्रमा डिजिटल प्रविधिको प्रभावकारी प्रयोगबारे प्रशिक्षित गरेको छ ।
महासङ्घका महासचिव राजेन्द्र विक्रम बानियाँले डिजिटल प्रविधिको प्रयोगका विषयमा व्यवसायीहरूलाई क्युआर कोडमार्फत ट्रक ट्र्याकिङ, जीपीएस, अनलाइन भुक्तानी प्रणाली, कागजात व्यवस्थापन लगायतका विषयमा जानकारी दिएको बताए ।
उनले ट्रक सञ्चालन, मर्मतसम्भार, ग्राहक सेवा, लोड/अनलोड व्यवस्थापन तथा वास्तविक समय निगरानीका विषयमा प्रशिक्षण प्रदान गरिएको उल्लेख गरे । उनले हाल देशभर २१ वटा धर्मकाटा सञ्चालनमा रहेको उल्लेख गर्दै सबै धर्मकाटालाई क्रमशः डिजिटल बनाउने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
उनले डिजिटल प्रविधि पछि ट्रकहरूको ओभरलोड नियन्त्रण,डेटा सुरक्षित राख्ने तथा ढुवानी प्रक्रिया पारदर्शी बनाउने लक्ष्य रहेको बताए । महासङ्घका अध्यक्ष हिरालाल श्रेष्ठले ओभरलोडका कारण सडक तथा राष्ट्रिय संरचनामा भइरहेको क्षति न्यूनीकरणका लागि पनि उक्त अभियान सञ्चालनमा ल्याएको बताए ।
उनले ढुवानीका क्षेत्रमा देखिएका समस्या समाधान गर्न नियमनकारी निकायको संयोजनमा आगामी दिनमा थप कार्यक्रमहरू आयोजना गरिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण