मकवानपुर महिला राष्ट्रिय गोल्डकप : रौतहटलाई हराउँदै पुलिस सेमिफाइनलमा

काठमाडौँ । नेपाल पुलिस क्लब मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको खेलमा रौतहटको महिला टिमलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित खेल समय गोलरहित बराबरीपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको हो । रौतहटको लागि टाइब्रेकरमा रेविका पाण्डे, निरु थापा, उषा नाथ र सरु वाईबाले गोल गरिन् भने गिम कुमारी गुरुङको प्रहार बाहिरिइन् ।
रौतहटका लागि सविना चौधरी र सलोनी राना गरिन् भने मनिषा श्रेष्ठ र अञ्जली चन्दकी प्रहार पुलिसकी गोलरक्षक उषा नाथले सेभ गरिन् । खेलको म्यान अफ द म्याच पुलिसकी गोलरक्षक उषा घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने