मकवानपुर महिला राष्ट्रिय गोल्डकप : रौतहटलाई हराउँदै पुलिस सेमिफाइनलमा
काठमाडौँ । नेपाल पुलिस क्लब मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको खेलमा रौतहटको महिला टिमलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित खेल समय गोलरहित बराबरीपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको हो । रौतहटको लागि टाइब्रेकरमा रेविका पाण्डे, निरु थापा, उषा नाथ र सरु वाईबाले गोल गरिन् भने गिम कुमारी गुरुङको प्रहार बाहिरिइन् ।
रौतहटका लागि सविना चौधरी र सलोनी राना गरिन् भने मनिषा श्रेष्ठ र अञ्जली चन्दकी प्रहार पुलिसकी गोलरक्षक उषा नाथले सेभ गरिन् । खेलको म्यान अफ द म्याच पुलिसकी गोलरक्षक उषा घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण