मेक्सिकोमा अमेरिकी सेना तैनाथ गर्ने ट्रम्पको प्रस्ताव शेनबाउमले गरिन् ठाडै अस्वीकार

मेक्सिको सिटी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट लागूपदार्थको तस्करी रोक्न सेना परिचालन गर्ने प्रस्ताव गरेका थिए । तर मेक्सिकन राष्ट्रपति क्लाउडिया शेनबाउमले यसलाई ठाडै अस्वीकार गरेकी छिन् ।
शेनबाउमले ट्रम्पसँगको आफ्नो फोन वार्ताको बारेमा प्रकाशित एक रिपोर्टको जवाफमा यो कुरा बताएकी हुन्। फोन कलको क्रममा, ट्रम्पले शेनबाउमलाई मेक्सिकोमा लागूऔषध कार्टेलहरूसँग लड्न अमेरिकी सेनाको लागि ठूलो भूमिका स्वीकार गर्न दबाब दिएको रिपोर्टमा भनिएको थियो ।
ट्रम्पले फोनमा लागूपदार्थको तस्करी विरुद्ध लड्न कसरी मद्दत गर्न सक्छौँ भनेर सोध्दै अमेरिकी सेना पठाउने प्रस्ताव गरेका थिए । तर आफूले ‘होइन, राष्ट्रपति ट्रम्प । सार्वभौमसत्ता बिक्रीमा छैन। सार्वभौमसत्ताको कदर र रक्षा गरिनुपर्छ।’ भन्ने जवाफ दिएको शेनबाउमले बताइन् ।
जनवरीमा ट्रम्पले अवैध आप्रवासीहरूलाई रोक्न सेना परिचालन गरेका थिए। त्यसबेलादेखि, मेक्सिकोसँगको दक्षिणी सिमानामा अमेरिकी सैन्य उपस्थिति निरन्तर बढेको छ। अमेरिकी उत्तरी कमान्डले सीमामा सेना र उपकरणको सङ्ख्या बढाएको छ। सीमापार हुने लागूऔषध तस्करीको निगरानी गर्न मानव निगरानी उडानहरू बढाइएको छ। उनले माफिया विरुद्धको कारबाहीमा संलग्न मेक्सिकन सेनासँग नजिकबाट काम गर्न अमेरिकी विशेष सेनालाई अधिकार विस्तार गर्न पनि माग गरेका थिए ।
शनिबार शेनबाउमको कडा अडानले एकतर्फी सैन्य हस्तक्षेपको लागि अमेरिकी दबाबले आप्रवासन र व्यापारमा सहकार्य पछि उनी र ट्रम्पलाई टकरावको बाटोमा पुर्याउने संकेत गरेको छ। आफूहरूले सँगै काम गर्न सक्ने तर आ–आफ्नै क्षेत्रमा मात्रै भन्दै आफ्नो क्षेत्रमा अमेरिकी सेनाको उपस्थिति आफूले कहिल्यै स्वीकार नगर्ने जवाफ उनले ट्रम्पलाई दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीका मुख्यमन्त्री कार्कीद्वारा एकीकृत समाजवादीलाई पार्टी एकताको प्रस्ताव !
-
शिक्षकहरूले गराए शिक्षामन्त्रीको गम्भीर ध्यानाकर्षण
-
महानिरीक्षक अर्यालद्वारा हिमाल आरोही जंंगमको सम्मान
-
जेठ २ गतेबाट मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने माओवादीको निर्णय
-
लायन्स कप भलिबल : आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा
-
मधेस प्रदेशमा मङ्गलबार सार्वजनिक विदा