शिक्षकहरूले गराए शिक्षामन्त्रीको गम्भीर ध्यानाकर्षण
काठमाडौँ । शिक्षक नेताहरूले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको गम्भीर ध्यानाकर्षण गराएका छन्। नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितका नेताहरूले विद्यालय शिक्षा विधेयक तथा विगतमा गरिएका सहमतिका विषयमा गम्भीर ध्यानाकर्षण गराएका हुन्।
शिक्षक महासङ्घ र शिक्षा मन्त्रालयबिच ९ बुँदे सहमति भएको थियो । त्यस्तै असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने प्रतिबद्धता जनाइएको थियो । उक्त सहमति र प्रतिबद्धताका विषयमा शिक्षक नेताहरूले शिक्षामन्त्रीको गम्भीर ध्यानाकर्षण गराएका हुन्।
मन्त्री पन्तलाई विधेयकमा संशोधनका लागि राखिएका दफाहरूबाट पछि नहट्न समेत ध्यानाकर्षण गराइएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले बताए । संशोधनमा राखिएका दफाहरूबाट पछि नहट्न ध्यानाकर्षण गराउनुका साथै धोका भएमा पुनः यसले गम्भीर अवस्था आउने सक्ने स्मरण गराएको बताए ।
भेटको क्रममा शिक्षामन्त्री पन्तले संशोधनका दफाहरू अध्ययन गर्न नपाएको बताएका थिए। अध्ययन गरेर आवश्यक पहल गर्ने उनको भनाइ थियो। यसअघि हिजो संसद्को शिक्षा समिति सभापति अम्मर बहादुर थापाको समेत ध्यानाकर्षण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण