सोमबार, २२ वैशाख २०८२
ताजा लोकप्रिय

रुसको भ्रमणमा जाँदैछन् सी जिनपिङ

आइतबार, २१ वैशाख २०८२, १६ : ०४
आइतबार, २१ वैशाख २०८२

बेइजिङ । चिनियाँ राष्ट्रपति सि जिनपिङ रुसको भ्रमणमा जान लागेका छन् । मे ७ देखि मे १० सम्म उनी औपचारिक भ्रमणमा त्यसतर्फ जान लागेका हुन् । यसक्रममा सी भिक्ट्री परेडमा सहभागी हुने बताइएको छ ।

टेलिग्राममा एउटा विज्ञप्तिमा क्रेमलिनले यस्तो बताएको हो । भ्रमणमा सीले रुसी समकक्षी भ्लादिमिर पुटिनलसँग दुई देशबिचको रणनीतिक साझेदारी विकासबारे कुराकानी गर्ने बताइएको छ । 

वार्ताको मुख्य फोकस भने बृहत् साझेदारी र रणनीतिक अन्तरक्रिया विकास हुने भनिएको छ । यसको साथै दुई नेताले अन्तर्राष्ट्रिय र क्षेत्रीय एजेन्डामा पनि कुराकानी गर्नेछन् । पुटिनले मे ९ मा भिक्ट्री परेडको उत्सवका लागि युक्रेनी युद्धमा तीन दिने युद्ध विरामको प्रस्ताव गरेका थिए । 

तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले छोटो नभएर आफूलाई लामो अवधिको शान्ति चाहिएको भन्दै युद्धविराम ३० दिनको हुन्छ भने आफू तयार छुँ भन्ने जवाफ दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप