रुसको भ्रमणमा जाँदैछन् सी जिनपिङ
बेइजिङ । चिनियाँ राष्ट्रपति सि जिनपिङ रुसको भ्रमणमा जान लागेका छन् । मे ७ देखि मे १० सम्म उनी औपचारिक भ्रमणमा त्यसतर्फ जान लागेका हुन् । यसक्रममा सी भिक्ट्री परेडमा सहभागी हुने बताइएको छ ।
टेलिग्राममा एउटा विज्ञप्तिमा क्रेमलिनले यस्तो बताएको हो । भ्रमणमा सीले रुसी समकक्षी भ्लादिमिर पुटिनलसँग दुई देशबिचको रणनीतिक साझेदारी विकासबारे कुराकानी गर्ने बताइएको छ ।
वार्ताको मुख्य फोकस भने बृहत् साझेदारी र रणनीतिक अन्तरक्रिया विकास हुने भनिएको छ । यसको साथै दुई नेताले अन्तर्राष्ट्रिय र क्षेत्रीय एजेन्डामा पनि कुराकानी गर्नेछन् । पुटिनले मे ९ मा भिक्ट्री परेडको उत्सवका लागि युक्रेनी युद्धमा तीन दिने युद्ध विरामको प्रस्ताव गरेका थिए ।
तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले छोटो नभएर आफूलाई लामो अवधिको शान्ति चाहिएको भन्दै युद्धविराम ३० दिनको हुन्छ भने आफू तयार छुँ भन्ने जवाफ दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण