सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता

कैलाली । भारत भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र उत्तराखण्डका विभागीय मन्त्रीबिच देहरादुनमा भेटवार्ता भएको छ । मुख्यमन्त्री र उत्तराखण्डका वनमन्त्री सुबोध उनियाल, पर्यटनमन्त्री सतपाल महाराज, र कृषिमन्त्री गणेश जोशीबीच छुट्टाछुट्टै भेटवार्ता भएको हो । भेटवार्तामा वन तथा पर्यटन प्रवर्द्धन र आधुनिक कृषिखेतीलगायत विषयमा द्विपक्षीय छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा पर्यटन प्रवर्द्धनबाट रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जन भई राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने, विकास लक्ष्य हासिल गर्न र नेपाली जनताको दिगो सामाजिक एवं आर्थिक उन्नतिका लागि पनि महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको थियो ।
पर्यटनमन्त्री सतपालसँगको भेटवार्तामा मुख्यमन्त्री शाहले धार्मिक मानसखण्ड सर्किट, अध्यात्मिक टुरिजमलगायत विषयमा छलफल गरे । यस्तै, कषिमन्त्री जोशीले छलफलका क्रममा नेपालको भौगोलिक अवस्था र मौसमअनुसारको कृषिखेती गरी उत्पादित कृषिउपजलाई बजारीकरणमा ध्यान दिनुपर्ने बताए ।
सोहीअनुसार बीउबिजन र प्राविधिक सहयोग आदानप्रदानलगायत विषयमा छलफल भएको छ । भारत सरकारको निमन्त्रणमा मुख्यमन्त्री शाह नेतृत्वको दश सदस्यीय टोली यही वैशाख १६ गतेदेखि भारत भ्रमणमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालमा हावाहुरीले अलपत्र परेकाहरूको उद्धार
-
धरौटी बदरको मागसहित दायर रविको निवेदनमा कैफियत प्रतिवेदन मगाउन उच्चको आदेश
-
तीनकुने प्रकरणमा संलग्न आरोपमा थप एक जना पक्राउ
-
एयर होस्टेसलाई बदनियतपूर्वक छुने यात्री विमानस्थलबाटै पक्राउ
-
आईसीसीको वार्षिक वरीयतामा अस्ट्रेलिया र भारतको दबदबा
-
आरआर क्याम्पसमा नेविसंघले गर्यो तोडफोड