शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

महानिरीक्षक अर्यालद्वारा हिमाल आरोही जंंगमको सम्मान

आइतबार, २१ वैशाख २०८२, १६ : १८
आइतबार, २१ वैशाख २०८२

काठमाडौँ । ६ हजार १ सय मिटर उचाइको लोबुचे हिमालको सफल आरोहण गरेका सशस्त्र प्रहरी जवान विजय जंंगमलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याले सम्मान गरेका छन् । 

आइतबार प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले जवान जंगमलाई सम्मान गर्दै बधाई दिएका हुन् । 

सो अवसरमा अर्यालले सशस्त्र प्रहरीले उच्च हिमाली भेगहरूमा खोज तथा उद्धार गर्न सक्ने जनशक्तिको विकासमा तथा उत्तरी सीमानामा सशस्त्र प्रहरी बलको परिचालनमा जोड दिँदै आइरहेको जिकिर गरे ।

उनले मनाङ जिल्लामा रहेको पर्वतीय उद्धार तालिम शिक्षालयमा समेत हिमाली खोज तथा उद्धार गर्न सक्ने जनशक्ति उत्पादनको लागि तालिम सञ्चालन गरिरहेको बताए ।

सशस्त्र प्रहरी जवान जंगमले वैशाख १४ गते  बिहान ७ बजेर १२ मिनेटको समयमा लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका थिए । उनी लोबुचे हिमाल आरोहणका लागि वैशाख २ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

योसँगै जंगम सशस्त्र प्रहरी बल नेपालमा हिमाल आरोहण गर्ने दोस्रो व्यक्ति भएका छन् । यसअघि सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले सगरमाथा आरोहण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप