सामाजिक सञ्जालबाट ठगी गर्ने गिरोहका २७ जना पक्राउ (भिडियो)
वीरगन्ज–सामाजिक सन्जाल फेसबुक, भाइबर र ट्वीटर मार्फत चिठ्ठा परेको भन्दै ठगी गर्ने गिरोहका थप चार जनालाइ पर्सा प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ ।
वीरगन्जको भेडियाहीमा रहेको नेशनल मेडिकल कलेज अगाडिको गढीमाइ मनि चेन्जर नजिकबाट प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का अक्षय चौरसीया, वडा नम्बर १६ कै युवराज पासवान , वडा नम्बर १९ का वीर नारायण चौरसीया र वडा नम्बर २ छपकैयाका राहुल कुमार राउतलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट नगद एक लाख पाच हजार रुपैया, चार थान मोबाइल, आइएमइको भौचर सात थान , विभिन्न व्याक्तिको सक्कली नागरिकता र मतदाता परिचय पत्र सात थान बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
पर्सा प्रहरीले गत मंसिर १४ गते देखि अहिले सम्म सामाजिक सन्जाल मार्फत चिठ्ठा परेको भन्दै ठगी गर्ने गिरोहका २७ जनालाइ पक्राउ गरिएको पनि जनाएको छ ।
गत मंसिर १४ गते एक भारतीय र पाँच नेपाली , गत पुष ३ गते एक भारतीय र एक नेपाली , फागुन ७ गते एक जना भारतीय र तीन जना नेपाली , फागुन २१ गते दुइ नेपाली र एक भारतीय र चैत ३० गते तीन जना नेपाली गरि अहिले सम्म २७ जनालाइ पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण