सोमबार, २२ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँको क्षेत्रपाटीमा चोरी

सोमबार, २२ वैशाख २०८२, १३ : ०५
सोमबार, २२ वैशाख २०८२

काठमाडौँ । काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटीमा आइतबार साँझ चोरी भएको छ । 

मनाङ गल्ली डेरा गरी बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-४ घर भएकी ४९ वर्षीया निमा शेर्पाको कोठाबाट नगद र सुनको सिक्री गरी करिब १ लाख १० हजार रुपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको हो ।

त्यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिका-७ बज्रा बस्ने भुपनारायण भण्डारीको घरबाट करिब ३ तोला बराबरको सुनका गरगहना र नगद १ लाख रुपैयाँ आइतबार राति चोरी भएको छ ।   

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप