काठमाडौँको क्षेत्रपाटीमा चोरी
सोमबार, २२ वैशाख २०८२, १३ : ०५
काठमाडौँ । काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटीमा आइतबार साँझ चोरी भएको छ ।
मनाङ गल्ली डेरा गरी बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-४ घर भएकी ४९ वर्षीया निमा शेर्पाको कोठाबाट नगद र सुनको सिक्री गरी करिब १ लाख १० हजार रुपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको हो ।
त्यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिका-७ बज्रा बस्ने भुपनारायण भण्डारीको घरबाट करिब ३ तोला बराबरको सुनका गरगहना र नगद १ लाख रुपैयाँ आइतबार राति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण