सोमबार, २२ वैशाख २०८२
ताजा लोकप्रिय
संसद् बैठक

जनताको नजरमा सरकार ढलिसक्यो : प्रचण्ड

सोमबार, २२ वैशाख २०८२, १४ : १९
सोमबार, २२ वैशाख २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनताको मनमष्तिष्कमा नैतिक रुपमा भन्ने हो भने यतिबेला सरकार नरहेको बताएका छन् । उनले जनताको नजरमा  सरकार ढलिसकेको दाबी गरे । 

सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारमाथि कुनै भरोसा नभएकाले यो हुनु र नहुनुको कुनै अर्थ नभएको जिकिर गरे । उनले सरकारकै कारण लोकतन्त्रमाथि नै प्रहार गर्ने शक्ति बढिरहेको समेत जिकिर गरे । 

‘प्राविधिक रुपमा त सरकार बलियो नै छ । तर जनभावना, जनमत, जनताको मनोविज्ञानलाई गहिरोसँग विचार गर्नुहोला, सरकारका कारण देशलाई प्रतिगमनतर्फ लैजाने जमर्को भएको छ’, उनले भने । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिले चौतर्फीरुपमा लोकतन्त्रमाथि आक्रामण भइरहेको बेला नीति तथा कार्यक्रमले निराशा बढाउने काम गरेको समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप