सोमबार, २२ वैशाख २०८२
ताजा लोकप्रिय

दुई तिहाइको अहङ्कारको बेलुन फुटिसकेको देख्छु : प्रचण्ड

सोमबार, २२ वैशाख २०८२, १४ : ४९
सोमबार, २२ वैशाख २०८२

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइ सरकारको अहङ्कारको बेलुन फुटिसकेको टिप्पणी गरेका छन् । 

प्रतिनिधि सभामा सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठकमा भाग लिँदै उनले यस्तो टिप्पणी गरेका हुन् । 

अध्यक्ष प्रचण्डले सरकारले महिना दिन बितिसक्दा पनि नेपाल राष्ट्र बैङ्कमा गभर्नर नियुक्त गर्न नसकेको भन्दै आफूले दुई तिहाइको अहङ्कारको बेलुन फुटिसकेको देखेको टिप्पणी गरे । 

उनले सरकार बनेको दश महिना पुग्दा पनि सुध्रिन नचाहेको समेत उनले बताए । वर्तमान सरकार सरकार सुध्रिनको लागि गठन नभएको र एउटा निश्चित वर्गको स्वार्थको लागि बनेको आरोप समेत उनले लगाए । उनले सरकार सञ्चालन संयन्त्रका सदस्यहरूले बिचौलियाहरू प्रधानमन्त्रीको शयन कक्षसम्मै पुग्छन् भन्ने दिएको अभिव्यक्तिले सरकार निश्चित वर्गको स्वार्थको बनेको पुष्टि हुने धारणा राखे । उनले हरेक नियुक्ति र निर्णयहरूमा स्वार्थी समूह हाबी भएको बताउँदै जनताले सेवा प्रवाह सहज रूपमा पाउन नसेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप