आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
अदालत

धरौटी बदरको मागसहित दायर रविको निवेदनमा कैफियत प्रतिवेदन मगाउन उच्चको आदेश

सोमबार, २२ वैशाख २०८२, १६ : ५८
सोमबार, २२ वैशाख २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी‍ (रास्वपा) का सभापति रवि लामिछानेले धरौटी बदर मागसहित दायर गरेको निवेदनमा उच्च अदालत पाटन, हेटौँडा इजलासले कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ ।

न्यायाधीश शान्ता सेढाइँको इजलासले चितवनको सहारा सहकारीको रकम हिनामिना प्रकरणमा लामिछानेसँग ५४ लाख धरौटी माग गर्ने चितवन जिल्ला अदालतको आदेशको कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो ।

२०८१ माघ २४ गते जिल्लाले लामिछानेसँग ५४ लाख रुपैयाँ धरौटी माग गरेको थियो । धरौटी मागको आदेश बदरको माग गर्दै लामिछानेले उच्चमा निवेदन दिएका थिए ।

धरौटी बुझाएपछि लामिछाने सोही दिन रिहा भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप