११ सदस्यीय जुडो टोली भुटान प्रस्थान
काठमाडौँ । प्रथम दक्षिण एसियाली युथ जुडो डेभलपमेन्ट प्रतियोगिता तथा क्याम्पमा सहभागी हुन ६ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली मंगलबार भुटानको थिम्पु प्रस्थान गरेको छ । मे ७ देखि १२ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) का चार पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा पुरुषतर्फ ४० केजीमुनि विसाज महर्जन र सदिन तामाङ, ५० केजीमुनि जुविन महर्जन तथा ३६ केजीमुनि साइमन तामाङले खेल्नेछन् । महिलातर्फ ५७ केजीमुनि श्रष्टा नापित र ३६ केजीमुनि जेनिशा वाइबा सहभागी हुनेछन् ।
प्रशिक्षकमा योगन्द्र विष्ट, अफिसियलमा नवीन महर्जन, आईटी अफिसियलमा लखनराज थापामगर र कुलबहादुर कुँवर तथा निर्णायकमा किरण गडेल रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यलगायतले बिदाइ गरे ।
प्रतियोगितामा नेपालसहित भारत, भुटान र बंगलादेशका आठवटा टोलीको सहभागिता रहने जानकारी एमएमएसीका मुख्य प्रशिक्षक धर्मकुमार श्रेष्ठले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण